Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘शिवांश’को ‘बैँस भुसुक्कै’ गीतमा नाचे तेज र विमला

फिल्मीखबर, काठमाडौं, 2026/01/17

Tej Giri, Bimala Limbu

 

महाशिवरात्रिको दिन पारेर फागुन १ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘शिवांश’को पहिलो गीत ‘बैँस भुसुक्कै’ सार्वजनिक गरिएको छ । लोकलयमा आधारित यस गीतमा राजनराज सिवाकोटी र समीक्षा अधिकारीले स्वर दिएका छन् । राजनराज र सरोज रञ्जितकारको शब्द रचना रहेको गीतमा राजनराज स्वयंले संगीत भरेका छन् ।

भाग्य, मायामोह, आकर्षण जस्ता भावनात्मक पक्षहरू समेटिएको गीतमा प्रेमी-प्रेमिकाले एकअर्कालाई गरेको तारिफ सुन्न सकिन्छ । मौलिक शब्दको प्रयोगले गीतमा मिठास थपेको छ । विक्रम चौहानको कोरियोग्राफी रहेको गीतको भिडियोमा फिल्मका मुख्य कलाकारहरू तेज गरी, विमला लिम्बू र बारत लिम्बूले आकर्षक नृत्य प्रस्तुत गरेका छन् ।

अञ्जान सिनेमा प्रोडक्सन हाउसको प्रस्तुति रहेको फिल्मको निर्देशन सन्तोष कुमार आत्रेयले गरेका हुन् । अञ्जान केसीको लगानी र कथा लेखन रहेको यस फिल्ममा तेज, विमला र बारतसहित प्रवीण खतिवडा, रुषा न्यौपाने, विकास जोशी, प्रदीप कुमार चौधरी, उदय कुमार सुब्बा, टीका निरौला लगायतको अभिनय देख्न सकिनेछ ।

शोभा भण्डारी र अनिष केसी बोगटी सह-निर्माता रहेको फिल्मको पटकथा बारत लिम्बूले तयार पारेका हुन् । यसमा विप्लव प्रतीक र राजनराज शिवाकोटीको गीत रचना छ भने संगीत न्ह्यू बज्राचार्य र राजनराज सिवाकोटीले दिएका छन् । शरद महत्तोको छायांकन रहेको फिल्ममा बनिष शाहको सम्पादन, विक्रम चोहानको कोरियोग्राफी तथा मिलन श्रेष्ठको द्वन्द्व निर्देशन छ ।