Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नेपालगन्जमा ‘कुमारी’को कन्सर्ट, ‘डोको बुन्ने’ गीतमा झुमे दर्शक

फिल्मीखबर, काठमाडौं, 2026/01/16

KEHAR LIMBU, ABISHEK KHADKA, AAKRITI RAJBHANDARI

 

प्रणय दिवसको छेको पारेर माघ २३ गतेबाट प्रदर्शन हुन लागेको लभस्टोरी फिल्म ‘कुमारी’को नेपालगन्जबाट सांगीतिक यात्रा सुरू भएको छ । ‘कुमारी लाइभ म्युजिकल कन्सर्ट विथ केहर एन्ड द लुङा’ नाम दिइएको यो कार्यक्रम बिहीवार साँझ नेपालगन्जस्थित होटेल स्टार लाइटको प्राङ्गणमा गरिएको थियो, जहाँ २ हजारभन्दा बढी दर्शक उपस्थित थिए ।

कार्यक्रममा गायक केहर सिंह लिम्बू र उनको ब्यान्डले सांगीतिक प्रस्तुति दिँदा फिल्मका मुख्य जोडी अबिशेक खड्का र आकृति राजभण्डारीले आकर्षक नृत्य प्रस्तुत गरेका थिए । केहरले ‘कुमारी’को चर्चित गीत ‘डोको बुन्ने’ गाउँदा दर्शकको हुटिङले कार्यक्रम स्थल नै गुञ्जायमान बनेको थियो । उनले दर्शकलाई फिल्मका अन्य गीतहरू ‘कता छौ’ र ‘तिमी बिना’ पनि गाएर सुनाए ।

नेपालगन्जबाट सुरू भएको यो सांगीतिक यात्रा अब देशका अन्य सहरहरूमा पनि पुग्नेछ । निर्माण पक्षका अनुसार माघ ३ गते पोखरा, ६ गते चितवन, १० गते काठमाडौं र १७ गते झापाको दमकमा कार्यक्रम आयोजना हुनेछ । माघ १० गते काठमाडौंको भृकुटीमण्डपमा हुने खुला कन्सर्टमा फिल्मको ट्रेलर समेत सार्वजनिक गरिँदैछ ।

 

KEHAR LIMBU, ABISHEK KHADKA, AAKRITI RAJBHANDARI


‘आइ एम सरी’, ‘नोभेम्बर रेन’ र ‘क्लासिक’ जस्ता रोमान्टिक फिल्ममार्फत दर्शकमाझ चिनिएका दिनेश राउतले ‘कुमारी’को निर्देशन गरेका हुन् । उनले ८ वर्षपछि लभस्टोरी फिल्म बनाएका हुन् । यो फिल्ममा अबिषेक र आकृतिसहित घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकाङ्क्षा कार्की, मधु खड्का लगायतको अभिनय रहेको छ । यसका निर्माता महेन्द्र अधिकारी हुन् ।