Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘आ बाट आमा’को मर्मस्पर्शी गीत ‘जाँदैछु नौ डाँडा काटेर’ सार्वजनिक

फिल्मीखबर, काठमाडौं, 2026/01/15

Bipana Thapa, Pradeep Rawat, Paul Shah

 

द्वन्द्व निर्देशकको रूपमा परिचित चन्द्र पन्तको दोस्रो निर्देशकीय फिल्म ‘आ बाट आमा’को नयाँ गीत ‘जाँदैछु नौ डाँडा काटेर’ सार्वजनिक गरिएको छ । परदेशिन लागेको छोराले आमाप्रति व्यक्त गरेको प्रेम भावलाई मर्मस्पर्शी रूपमा प्रस्तुत गरिएको गीतमा किरण परियारको स्वर तथा अभि सुनारको शब्द तथा संगीत रहेको छ । गीतको एरेन्ज विशाल निरौलाले गरेका हुन् ।

गीतको भिडियोमा फिल्मका मुख्य कलाकारहरू विपना थापा, प्रदीप रावत (गजनी भिलेन), पल शाह र उषा उप्रेतीलाई देख्न सकिन्छ । चरम ऋणका कारण एक मात्र सन्तान रोजगारीका लागि परदेश गएपछि घरमा छाएको शून्यता, निराशा र पीडालाई भिडियोमा भावपूर्ण रूपमा देखाइएको छ । विपना र पलको अभिनयले दर्शकलाई भावुक बनाउँछ । 

निर्देशक पन्त स्वयंको कथा र पटकथा लेखन रहेको फिल्ममा साइग्रेस पोखरेल, सिम्रन पन्त, विशाल पहाडी, रवीन्द्र झा, गजित बिष्ट, हेमराज अधिकारी, दीलिप उखेडा, रचना गौतम लगायतको पनि अभिनय रहेको छ । आर्या इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्ममा ओमकार पन्त, कृष्णप्रसाद सुवेदी, ध्रुव न्यौपाने, प्रकाश कुँवर र क्षितिज ढुङ्गाना निर्मातामा छन् ।

शहीद दिवसको सार्वजनिक विदा पारेर आगामी माघ १६ गतेबाट प्रदर्शनमा आउन लागेको यस फिल्ममा अमर न्यौपाने, अभिमन्यु निरवी र निर्देशक पन्तको संवाद लेखन, नवराज उप्रेतीको डिओपी, साहिल खान र मिलन श्रेष्ठको सम्पादन, कोशिश क्षेत्री, बाबुल गिरी र थानेश्वर गौतमको संगीत तथा गम्भीर विष्ट र दीलिप उखेडाको कोरियोग्राफी रहेको छ ।