Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘बिगुल’को ‘वनको कोइली’ गीतमा यशराज र ऋचाको छमछमी

फिल्मीखबर, काठमाडौं, 2026/01/09

Yasraj Garach, Richa Thapa

 

आगामी माघ ९ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘बिगुल’को नयाँ गीत ‘वनकी कोइली वनमै रमायो’ सार्वजनिक गरिएको छ । लोकलयमा आधारित यस गीतमा मनिष चौधरी र शान्तिश्री परियारको स्वर रहेको छ भने शब्द तथा संगीत मनोज चौलागाईंको हो । युवायुवतीबीचको प्रेम र आपसी आकर्षणलाई केन्द्रमा राखेर गीत तयार पारिएको छ । 

कमल राईको कोरियोग्राफी रहेको गीतको भिडियोमा अभिनेता यशराज गराज (सुरज) र अभिनेत्री ऋचा थापाले आकर्षक नृत्य प्रस्तुत गरेका छन् । फिल्ममा उनीहरूलाई यो गीतमा मात्र देख्न सकिनेछ । भिडियोमा फिल्मका कलाकारहरू रमेश बुढाथोकी, बेनिशा हमाल, विनोद न्यौपाने, गीता अधिकारी लगायत पनि प्रस्तुत छन् । 

देशको समसामयिक राजनीतिक र सामाजिक विषयमा केन्द्रित रहेर निर्माण भएको यस फिल्मलाई रमेश कोइरालाले निर्देशन गरेका हुन् । नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिनेश कोइरालाको कथा तथा निर्माण रहेको फिल्ममा नरेन खड्का, नीर शाह, सरोज खनाल, हेमन्त बुढाथोकी, शिशिर वाङ्देल, मीरा पण्डित, जेएन घिमिरे लगायतका कलाकारहरूको पनि अभिनय छ ।

फिल्ममा प्रदीप भारद्वाज र मौनता श्रेष्ठको पटकथा तथा संवाद, शिव ढकालको छायांकन, एनबी महर्जनको द्वन्द्व निर्देशन, विश्वप्रकाश शर्मा, अर्जुन पोखरेल र मनोज चौलागाईंको संगीत तथा तारा थापा (किम्भे)को सम्पादन रहेको छ । विकृत राजनीतिले जनतामा छाएको निराशा र युवापुस्ताको आक्रोशलाई फिल्ममा मुख्य कथावस्तु बनाइएको छ ।