Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

उज्वल थापाको जीवनीमा आधारित वृत्तचित्र ‘दिमाग घोच्ने मान्छे’ प्रदर्शनमा

फिल्मीखबर, काठमाडौं, 2026/01/09

Ujwal Thapa Foundation

 

नेपालका हलमा प्रायः फिचर फिल्म मात्र चल्ने गरेको भए पनि धेरैपछि वृत्तचित्र प्रदर्शनमा आएको छ । ‘दिमाग घोच्ने मान्छे’ नामक वृत्तचित्र शुक्रबारबाट हलमा लागेको हो । काठमाडौंसहित दमौली, इटहरी, भरतपुर, पोखरा, नेपालगञ्ज लगायतका विभिन्न सहरका हलमा प्रदर्शन भएको यो वृत्तचित्रले देशव्यापी एक दर्जन हाराहारी शो पाएको छ ।

नेपालमा वैकल्पिक राजनीतिका अगुवा मानिने स्व. उज्वल थापाको जीवनीमा आधारित वृत्तचित्रमा उनको बाल्यकाल, वैदेशिक शिक्षाको यात्रा, स्वदेश फर्किएपछिको नागरिक जागरण अभियान र वैकल्पिक राजनीतिमा उनले पुऱ्याएको योगदानलाई प्रस्तुत गरिएको छ । सेन्सर बोर्डबाट युनिभर्सल सर्टिफिट प्राप्त गरेको यो वृत्तचित्रको लम्बाइ १ घन्टा ५० मिनेट छ । 

बुधबार ललितपुरस्थित क्यूएफएक्स हलमा वृत्तचित्रको प्रिमियर गरिएको थियो, जहाँ प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, सञ्चार मन्त्री जगदीश खरेल, गायिका आनी छोइङ डोल्मा लगायतको उपस्थिति रहेको थियो । उनीहरूले वृत्तचित्रमा उज्वल थापाको राजनीतिक र सामाजिक योगदानलाई सशक्त रुपमा देखाइएको भन्दै प्रशंसा गरेका थिए । 

उज्वल थापा फाउन्डेसनले निर्माण गरेको यस वृत्तचित्रका निर्देशक सुदीप भाजु हुन् । फाउन्डेसनका अनुसार सर्वसाधारणबाट ५ रुपैयाँदेखि ५ लाखसम्मको आर्थिक सहयोगबाट वृत्तचित्र निर्माण गरिएको हो । केकी अधिकारीसहितका कलाकारहरूले उज्वल थापाको बारेमा दिएका अन्तर्वार्ता समेत वृत्तचित्रमा समावेश गरिएको छ ।