Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘किन लाग्छ माया’को गीतमा नाचे मिस पबीदेखि सञ्जितसम्म

फिल्मीखबर, काठमाडौं, 2026/01/07

Sanjit Bhandari, Jahanwi Basnet

 

कुवेर तामाङको निर्देशनमा बनेको फिल्म ‘किन लाग्छ माया’को पहिलो गीतको रूपमा ‘धौले धनसार’ सार्वजनिक गरिएको छ । लोकलयमा आधारित यस गीतमा पुष्कर सुनुवार, शान्तिश्री परियार र गोपाल ढकाल ‘छन्दे’ले स्वर दिएका छन् भने शब्द डा. अशाबहादुर तामाङले लेखेका हुन् । गीतमा गायक सुनुवार स्वयंको संगीत छ । 

युवायुवतीबीचको प्रेमिल भावना र आपसी आकर्षणलाई केन्द्रमा राखिएको गीतको भिडियोमा फिल्मका मुख्य कलाकारहरू सञ्जित भण्डारी, जाहन्वी बस्नेत, ऋचा थापा, पवित्रा साकी (मिस पबी), हिउँवाला गौतम, स्याडो रियल, उत्तम केसी र सेजल सुवेदीको नृत्य देख्न सकिन्छ । सज्जावट र कोरसहरूको पारम्परिक पहिरनले भिडियो आकर्षक बनेको छ ।

सन् २०२६ भित्र प्रदर्शन गर्ने लक्ष्य राखिएको यस फिल्ममा राजेन्द्र खड्गी, रवि डंगोल, गोपाल ढकाल (छन्दे), सम्रान्त थापा, बेग पहारी, निरोज खुलाल, रामकाजी घिमिरे, सुभाष गजुरेल, रविन्द्र खड्का, सुनिल कटुवाल, विनोद ढकाल, गीता अधिकारी लगायतका कलाकारहरूको पनि अभिनय रहेको छ । फिल्मका लगानीकर्ता सञ्जित भण्डारी र मोनु खड्का हुन् ।

दाजु-भाइको सम्बन्धको कथामा आधारित यस फिल्ममा रामकाजी घिमिरेको पटकथा तथा संवाद, स्याडो रियलको कथा, राजेन्द्र खड्गीको द्वन्द्व निर्देशन, रामशरण उप्रेती र रामकुमार केसीको डीओपी तथा बनिष शाह र नविन चौधरीको सम्पादन रहेको छ । फिल्मले दर्शकको मन जित्नेमा निर्माण पक्ष विश्वस्त देखिएको छ ।