Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘धुरन्धर’ बन्यो सर्वाधिक कमाउने हिन्दी फिल्म, तोडियो ‘पुष्पा २’को रेकर्ड

फिल्मीखबर, काठमाडौं, 2026/01/07

'धुरंधर' बनी सबसे बड़ी हिंदी फिल्म (Photo: Screengrab)

 

अभिनेता रणवीर सिंह स्टारर फिल्म ‘धुरन्धर’ले गएको एक महिनामा बलिउडका सबै रेकर्ड ध्वस्त पार्‍यो । हरेक दिन र विकेन्डमा फिल्मको नाममा रेकर्ड बनेका छन् । तर, यसका बाबजुद पनि एउटा रेकर्ड बचेको थियो- सबैभन्दा ठूलो हिन्दी फिल्मको रेकर्ड । यो यस्तो रेकर्ड थियो, जुन बलिउडसँग नभइ तेलुगू फिल्म ‘पुष्पा २’सँग थियो । अब यसको रेकर्ड पनि तोडिएको छ । 

भारतीय मिडियाका अनुसार ‘पुष्पा २’को हिन्दी भर्सनले ८३० करोड नेट व्यापार गरेको थियो । ‘धुरन्धर’ले मंगलबारको व्यापारबाट ‘पुष्पा २’को हिन्दी भर्सनको कमाइलाई उछिनेको छ । फिल्मले प्रदर्शनको ३३ औं दिनमा ५ करोड ७० लाखको व्यापार गर्दै ८३० करोडको आँकडा पार गरेको हो । ३२ औं दिनसम्म फिल्मको कमाइ ८२५ करोड ७० लाख नेट थियो । 

‘पुष्पा २’को रेकर्ड तोडिएसँगै ‘धुरन्धर’ले सर्वाधिक कमाउने हिन्दी फिल्मको कीर्तिमान बनाएको छ । फिल्मको कमाइको रफ्तार अझै जारी रहेकाले यसले भारतमा साढे ८ सय करोडको आँकडा छुन सक्ने प्रक्षेपण गरिएको छ । फिल्मको विश्वव्यापी कमाइ १२ सय करोड पार भइसकेको छ । नेपालमा मात्र फिल्मले ९ करोड ७७ लाखभन्दा बढीको ग्रस व्यापार गरेको छ । 

सन् २०१७ पछि सर्वाधिक कमाउने हिन्दी फिल्मको रेकर्ड सम्हाल्न बलिउडलाई गाह्रो परेको थियो । २०१७ देखि २०२३ मा रिलिज भएको फिल्म ‘जवान’ अघिसम्म सर्वाधिक कमाउने हिन्दी फिल्मको शीर्ष स्थानमा ‘बाहुबली २ : द कन्क्लुजन’को हिन्दी भर्सन थियो । तर, एक वर्ष नवित्दै ‘पुष्पा २’ले ‘जवान’को रेकर्ड खोस्यो । अब फेरि ‘धुरन्धर’ले बलिउडलाई शीर्ष स्थानमा पुर्‍याएको छ ।