Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘बिगुल’को ट्रेलरमा युवाको आक्रोश र क्रान्तिको कथा

फिल्मीखबर, काठमाडौं, 2026/01/04

Benisha Hamal, Naren Khadka

 

देशको समसामयिक राजनीतिक र सामाजिक विषयमा केन्द्रित रहेर निर्माण भएको फिल्म ‘बिगुल’को ट्रेलर सार्वजनिक गरिएको छ । तीन मिनेट लामो ट्रेलरमा विकृत राजनीतिले जनतामा छाएको चरम निराशा, युवापुस्ताको आक्रोश, पारिवारिक उल्झन, दुई पुस्ताबीचको वैचारिक मतभेद, सामाजिक न्याय जस्ता विषयलाई प्राथमिकताका साथ देखाइएको छ ।

ट्रेलरमा अभिनेत्री बेनिशा हमालको एउटा संवाद छ, ‘क्रान्ति जहाँबाट पनि सुरु हुन्छ । जबसम्म हामी जनताको पीडा सुन्दैनौं, क्रान्ति गर्न सक्दैनौं ।’ यो संवादले देशमा परिवर्तनका लागि जनताले गर्ने विद्रोहलाई फिल्मले मुख्य कथावस्तु बनाएको प्रष्ट संकेत गर्छ । देश निर्वाचनको संघारमा रहँदा सार्वजनिक भएको ट्रेलरले दर्शकमा सही नेतृत्व चयन गर्न प्रेरित गर्ने अपेक्षा गरिएको छ ।

रमेश कोइरालाको निर्देशनमा बनेको यस फिल्ममा बेनिशासहित रमेश बुढाथोकी, नरेन खड्का, नीर शाह, सरोज खनाल, हेमन्त बुढाथोकी, शिशिर वाङ्देल, विनोद न्यौपाने, गीता अधिकारी लगायतको अभिनय देख्न सकिनेछ । दिनेश कोइरालाको कथा तथा निर्माण रहेको फिल्ममा कल्पना पौडेल प्रस्तुतकर्ता तथा सूर्य कान्त कोइराला र महेश कोइराला सह-निर्मातामा छन् । 

फिल्ममा प्रदीप भारद्वाज र मौनता श्रेष्ठको पटकथा तथा संवाद, शिव ढकालको छायांकन, कमल राई र कविराज गहतराजको नृत्य, एनबी महर्जनको द्वन्द्व निर्देशन, विश्वप्रकाश शर्मा (कांग्रेसका महामन्त्री), अर्जुन पोखरेल र मनोज चौलागाईंको संगीत तथा तारा थापा (किम्भे)को सम्पादन रहेको छ । यो फिल्म आगामी माघ ९ गतेबाट प्रदर्शन हुँदैछ ।