Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘गोबर गणेश’को ट्रेलरमा सपना र संघर्षको कथा

फिल्मीखबर, काठमाडौं, 2026/01/02

Marichman, Barsha Siwakoti

 

हास्य कलाकार मरिचमान श्रेष्ठ (बल्छी धुर्बे)को लेखन तथा निर्देशनमा बनेको फिल्म ‘गोबर गणेश’को ट्रेलर सार्वजनिक गरिएको छ । शुक्रबार निर्माण पक्षले काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै ३ मिनेट २० सेकेण्ड लामो ट्रेलर दर्शकमाझ ल्याएको हो । गाउँबाट सहर आएको एक पात्रले आफ्नो जीवन बदल्न गरेको संघर्षलाई यसमा देखाइएको छ ।

गाउँबाट सहर छिर्दा देखेका सपनाहरू काठमाडौं आइपुगेपछि कसरी क्रमशः चकनाचुर हुन्छन् भन्ने यथार्थलाई ट्रेलरमा मर्मस्पर्शी रूपमा प्रस्तुत गरिएको छ भने आमा–छोराबीचको भावनात्मक सम्बन्धलाई पनि सशक्त ढंगले देखाइएको छ । साथै, आम नेपाली युवाले देख्ने आशा, भोग्ने संघर्ष र सामना गर्नुपर्ने निराशालाई ट्रेलरमार्फत प्रभावकारी रूपमा चित्रण गरिएको छ ।

आगामी माघ १ गतेबाट प्रदर्शन हुन लागेको यो फिल्ममा निर्देशक मरिचमानसहित वर्षा सिवाकोटी, निर्मल शर्मा, पदम तामाङ, पुजन घिमिरे, विनोद न्यौपाने, सन्तोष बानियाँ, माओत्से गुरुङ, सीतादेवी तिमल्सिना, बुद्धि तामाङ लगायतका कलाकारहरूको अभिनय रहेको छ । मरिचमानले यही फिल्मबाट निर्देशनमा डेब्यु गरेका हुन् ।

बल्छी धुर्बे फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्ममा शिवराम श्रेष्ठको डीओपी (छायांकन), योगेशकाजी शाहको ब्याकग्राउन्ड म्यूजिक, कृष्ण केसी, योगेशकाजी र बाबुल गिरीको संगीत, विपिन मल्लको सम्पादन तथा विक्रम विष्टको कोरियोग्राफी रहेको छ । नेपालमा यो फिल्मको वितरण अधिकार मनोज राठी र उज्जवल पौडेल समूहको श्री वैंकेटस इन्टरटेनमेन्टले लिएको छ ।