Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नयाँ वर्षमा हलमा लाग्यो ‘एक्लो’, प्रदीपलाई चल्नैपर्ने दबाब

फिल्मीखबर, काठमाडौं, 2026/01/01

प्रदीप खड्का स्टारर विज्ञान कथामा आधारित फिल्म 'एक्लो' को टिजर सार्वजनिक –  Online Khabar

 

नेपाली फिल्म उद्योगमा नयाँ युगको सुरुवात भएको छ । साइन्स फिक्सन विधामा निर्माण भएको फिल्म ‘एक्लो-१’मार्फत नेपाली फिल्मले नयाँ धार समातेको हो । नेपाली फिल्मको इतिहासमै फरक र साहसी प्रयोगका रूपमा हेरिएको यो फिल्म अब दर्शकसमक्ष पुगेको छ । अंग्रेजी नयाँ वर्ष २०२६ को अवसर पारेर बिहीबारबाट फिल्म सार्वजनिक प्रदर्शनमा आएको हो ।

घरेलु बक्स अफिसमा दुई विदेशी फिल्म ‘धुरन्धर’ र ‘अवतार ३’को दबदबा अझै कायम रहेकाले ‘एक्लो’ले अपेक्षित शो भने पाउन सकेको छैन । पहिलो दिनका लागि फिल्मको देशव्यापी शो १२४ वटा मात्र छ । उपलब्ध शोहरूमा टिकट बुकिङ पनि कमजोर नदेखिएकाले अब फिल्मले दर्शकीय आकर्षण बढाउन बलियो ‘वर्ड अफ माउथ’ पाउनुपर्ने देखिन्छ ।

यस फिल्ममा स्थापित कलाकारहरूको पल्टन नै छ । अहिलेका ‘स्टार’ मानिने प्रदीप खड्का फिल्मको मुख्य भूमिकामा छन् । उनलाई यो फिल्म व्यावसायिक रूपमा सफल हुनैपर्ने दबाब छ । किनकि, ‘पूजार सार्की’पछि उनका फिल्महरू लगातार असफल भएका छन् । यो श्रृंखलालाई रोक्न र आफ्नो स्टारडम फेरि प्रमाणित गर्न पनि उनलाई ‘एक्लो’को सफलता आवश्यक देखिन्छ । 

प्रदीपसहित विजय लामा, सुनील थापा, दीया पुन, बेनिशा हमाल, दिनेश डीसी, कविता नेपाली, सुरजसिंह ठकुरी, बेलायती अभिनेता जेमी बेकन लगायतको पनि अभिनय रहेको यस फिल्मलाई प्रदीप शाहीले निर्देशन गरेका हुन् । एनआरएन समूहको लगानी रहेको फिल्मका कार्यकारी निर्माता विनोद सुवेदी ‘क्षितिज’ हुन् भने निर्मातामा प्रदीप खड्का स्वयं छन् ।