Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘कुमारी’को ‘डोको बुन्ने’ गीतमा अबिषेक र आकृतिको आकर्षक केमेस्ट्री

फिल्मीखबर, काठमाडौं, 2025/12/31

 ABISHEK KHADKA, AAKRITI RAJBHANDARI

 

आगामी माघ २३ गतेबाट प्रदर्शन हुन लागेको फिल्म ‘कुमारी’को तेस्रो गीत ‘डोको बुन्ने’ सार्वजनिक गरिएको छ । केहर सिंह लिम्बूको स्वरमा रहेको उक्त गीत बुधबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको हो । सागर लामिछाने मगर र सुमन तामाङको शब्द रचना तथा सुमन तामाङ र केहर स्वयंको संगीत रहेको गीत लोकलयमा आधारित छ । 

शिशिर खातीको कोरियोग्राफी रहेको गीतको भिडियोमा फिल्मका मुख्य जोडी अबिषेक खड्का र आकृति राजभण्डारीको नृत्य देख्न सकिन्छ । पारम्परिक पहिरनमा प्रस्तुत भएका उनीहरूको केमेस्ट्री आकर्षक देखिएको छ । चिठ्ठीमार्फत प्रेमपत्र लेख्ने समयदेखि रोधी बस्ने प्रचलनसम्मका प्रसंग समेटिएको गीतले दर्शकलाई पुरानो समयको स्मृतिमा लैजान्छ ।

‘आइ एम सरी’, ‘नोभेम्बर रेन’ र ‘क्लासिक’ जस्ता रोमान्टिक फिल्ममार्फत दर्शकमाझ चिनिएका दिनेश राउतले ‘कुमारी’को निर्देशन गरेका हुन् । उनले ८ वर्षपछि लभस्टोरी फिल्म बनाएका हुन् । यसमा अबिषेक र आकृतिसहित घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकाङ्क्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह, सरोज लामिछाने लगायतको पनि अभिनय रहेको छ ।

बिनिश इन्टरटेन्मेन्ट, पिक्चर फ्रेम र केन्द्र मोसन पिक्चर्सको सहकार्यमा निर्माण भएको यस फिल्मका निर्माता महेन्द्र अधिकारी हुन् । उनले यसअघि राउतकै निर्देशनमा फिल्म ‘प्रकाश’ बनाएका थिए । केदार भुसाल कार्यकारी निर्माता रहेको फिल्ममा विकास सुवेदीको लेखन, सुप्रिम पराजुलीको सम्पादन तथा उत्तम न्यौपानेको साउन्ड डिजाइन छ ।