Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

चैत १३ गतेलाई ‘हामी तीन भाइ’को प्रदर्शन मिति तय

फिल्मीखबर डटकम, काठमाडौं, 2025/12/31

Hami Teen Bhai_Poster

 

करिब २१ वर्षपछि दोस्रो पटक निर्माण भएको फिल्म ‘हामी तीन भाइ’ रामनवमीको अवसर पारेर चैत १३ गतेबाट प्रदर्शनमा आउने भएको छ । बुधबार निर्माण पक्षले फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मिति तय गरेको हो । उक्त मितिमा अभिनेत्री सुरक्षा पन्तको मुख्य भूमिका रहेको फिल्म ‘चमेलीको पोइ’ पनि प्रदर्शनमा आउने तयारीमा छ । 

फिल्मको सार्वजनिक पोस्टरमा मुख्य तीन कलाकार विनोद न्यौपाने, फलित राई र कुशल विष्टलाई प्रस्तुत गरिएको छ । उनीहरू एकअर्कालाई अंकमाल गर्दै खुसी मुद्रामा देखिएका छन् । यसले उनीहरूबीचको भाइचारा र मित्रता दर्शाउँछ । पोस्टरमा कुखुराको भाले पनि देख्न सकिन्छ, जसले फिल्मको कथा ग्रामीण परिवेशमा आधारित रहेको प्रष्ट पार्छ ।

मधुसुदन भट्टराईको कथा तथा निर्देशन रहेको फिल्ममा विनोद, फलित र कुशलसहित लक्ष्मी बर्देवा, आश्मा गिरी, जाह्नवी बस्नेत, राजाराम पौडेल, रविन्द्र झा, बिष्णु सापकोटा, विकास चापागाँइ शुष्मा निरौला, यादव देवकोटा, अन्जु हमाल, तारा शर्मा लगायतको पनि अभिनय छ । प्रसिद्धि सिने आर्ट्सको ब्यानरमा निर्माण भएको फिल्मका निर्माताहरू त्रिरत्न श्रेष्ठ र मनोज श्रेष्ठ हुन् । 

साजित महत प्रस्तुतकर्ता रहेको फिल्मको कार्यकारी निर्मातामा विक्रम तामाङ छन् भने सह-निर्माताहरू भक्तलाल श्रेष्ठ, प्रतिमा थापा पोखरेल र दुर्गालक्ष्मी पाण्डे हुन् । फिल्ममा शिवम् अधिकारीको पटकथा तथा संवाद, शिव ढकालको छायांकन, बनिश शाहको सम्पादन तथा साप शक्ति र बाबुल गिरीको संगीत रहेको छ ।