Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘प्रवासी जीवन’को टिजर रिलिज, मनोचिकित्सक बने हमाल

फिल्मीखबर, काठमाडौं, 2025/12/30

Rajesh Hamal

 

आगामी फागुन १५ गतेबाट प्रदर्शन हुन लागेको फिल्म ‘प्रवासी जीवन’को टिजर सार्वजनिक गरिएको छ । एक मिनेट लामो टिजरले फिल्मको कथावस्तुबारे प्रकाश पारेको छ । विदेशमा बस्ने नेपालीहरूमा बढ्दो मानसिक समस्या र त्यसले वैयक्तिक जीवनमा पार्ने प्रभावलाई समेटिएको टिजरमा अभिनेता राजेश हमाल मनोचिकित्सकको भूमिकामा देखिएका छन् ।

निर्देशक श्याम क्षेत्रीले फिल्मको कथामा जो कोहीले आफू वा आफ्नो वरपरको दृश्य पाउने बताएका छन् । उनी भन्छन्, ‘हामीले भौतिक रुपमा देखिने दुःखका धेरै चर्चा गर्छौं तर, मानसिक रुपमा भोहिरहेको यातनालाई बेवास्ता गर्छौं । फिल्मले प्रवासी जीवनको एउटा नदेखिएको सरलझैँ लाग्ने गम्भीर समस्यालाई चित्रण गरेको छ ।’ 

क्षेत्रीसँगै राम अधिकारीको पनि निर्देशन रहेको यस फिल्ममा हमालसहित सरिता लामिछाने, बुद्धि तामाङ, महादेव त्रिपाठी, एञ्जेला बस्नेत, गगन सुबेदि, लोकेश भित्रीकोटी, दिव्या न्यौपाने, अबिगेल लुहार, प्रासु गिरि लगायतको अभिनय देख्न सकिनेछ । यसमा निर्देशक क्षेत्री पनि महत्वपूर्ण भूमिकामा देखिँदैछन् । फिल्मको सम्पूर्ण छायांकन अमेरिकामा भएको हो ।

अमृत बिसुवाको छायांकन, राम अधिकारीको सम्पादन तथा नवीन कार्कीको संगीत रहेको फिल्ममा निर्देशक क्षेत्री स्वयंको लेखन छ । श्याम क्षेत्री प्रोडक्सन र नेशनल मिडिया प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा रविन आचार्य निर्माताको रुपमा छन् । उनले यसअघि ‘डाइङ क्यान्डल’, ‘जय श्री दाम’ जस्ता फिल्म निर्माण गरिसकेका छन् ।