Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘आ बाट आमा’को गीतमा प्रतिभा देखाउनेलाई नगद पुरस्कार

फिल्मीखबर, काठमाडौं, 2025/12/29

aa bata aama

 

आगामी माघ १६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘आ बाट आमा’को शीर्ष गीत ‘लैजा खबर ए हावा’ यतिबेला चर्चामा छ । युट्युब रिलिजको दुई सातामा २६ लाखभन्दा बढीले हेरिसकेको यो मर्मस्पर्शी गीतलाई दर्शकबाट प्रशंसाको ओइरो लागेको छ । अब यस गीतमा निर्माण पक्षले गायन र अभिनयसम्बन्धी प्रतियोगिताको घोषणा गरेको छ । 

उक्त गीतमा कभर गाउने र अभिनय गर्नेले ५० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगितामा सहभागी हुन इच्छुकले आ-आफ्नो विद्यामा भिडियो तयार पारेर माघ १२ गतेभित्र टिकटकमा अपलोड गरिसकेको हुनुपर्नेछ । सो मितिसम्म अपलोड भएका भिडियोहरूलाई मात्र प्रतिस्पर्धामा समावेश गरिने निर्माण पक्षले जनाएको छ ।

उत्कृष्ट गायन र अभिनयसहितको भिडियो चयन गरी माघ १४ गते विजेतालाई पुरस्कार प्रदान गरिने निर्देशक चन्द्र पन्तले जानकारी दिए । प्रतियोगितामा सहभागी हुनेले भिडियो अपलोड गर्दा ओएसआर डिजिटलको टिकटक अकाउन्टमा अनिवार्य रूपमा मेन्सन गर्नुपर्नेछ । यो प्रतियोगिताले फिल्मप्रति दर्शकको आकर्षण बढाउन ठूलो भूमिका खेल्ने अपेक्षा गरिएको छ । 

निर्देशक पन्त स्वयंको कथा र पटकथा लेखन रहेको फिल्ममा विपना थापा, प्रदीप रावत, पल शाह, विशाल पहाडी, रवीन्द्र झा, गजित बिष्ट, हेमराज अधिकारी, दीलिप उखेडा, रचना गौतम लगायतको अभिनय रहेको छ । नवराज उप्रेतीको डिओपी रहेको फिल्ममा ओमकार पन्त, कृष्णप्रसाद सुवेदी, ध्रुव न्यौपाने, प्रकाश कुँवर र क्षितिज ढुङ्गाना निर्मातामा छन् ।