Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘झरीपछिको इन्द्रेणी’लाई एक करोड कमाउन पनि हम्मे

फिल्मीखबर, काठमाडौं, 2025/12/29

bord

 

मंसिरमा सुस्ताएको नेपाली फिल्मको व्यापार गत साता प्रदर्शनमा आएको फिल्म ‘झरीपछिको इन्द्रेणी’ले केही हदसम्म चलायमान बनाउने अपेक्षा गरिएको थियो । किनकि, यसमा स्टारकास्ट बलियो थियो । तर, यो फिल्मको व्यापारिक नतिजा पनि निराशाजनक आएको छ । फिल्मले प्रदर्शनको ९ दिनसम्म घरेलु बक्स अफिसमा एक करोडको आँकडा पनि कटाउन सकेको छैन । 

सोमबार चलचित्र विकास बोर्डले सार्वजनिक गरेको तथ्यांक अनुसार फिल्मले गत शनिबार राति ११ः५९ बजेसम्म १९ हजार ७९३ वटा टिकट बिक्रीबापत ६२ लाख ६९ हजार ४७५ रुपैयाँ ग्रस कमाएको छ । यो कमाइ अपेक्षाभन्दा निकै न्यून हो । बलिउडको ‘धुरन्धर’ र हलिउडको ‘अवतार ३’ले फिल्मको व्यापारमा प्रतिकूल असर पारेको विश्लेषण गरिएको छ । 

‘झरीपछिको इन्द्रेणी’लाई काठमाडौं महानगरका प्रमुख बालेन शाहले समेत साथ दिएका थिए । उनले फिल्मका लागि एक गीत नै गाएका छन् । युट्युबमा उनको गीतले लोभलाग्दो भ्यूज पाए पनि त्यसले फिल्मको व्यापारमा फाइदा पुगेको देखिँदैन । यद्यपि, फिल्मलाई दर्शकीय प्रतिक्रिया सकारात्मक मिलेको छ । तर, अब फिल्मले लगानी उठाउने सम्भावना देखिँदैन ।

बोर्डले ‘परान’, ‘हर्ष’, ‘अभिमन्यु’, ‘पीआर’, ‘लोकन्ती’, र ‘चिराग’ फिल्मको पनि व्यापारिक आँकडा सार्वजनिक गरेको छ । जसअनुरुप ‘परान’को व्यापार १७ करोड ६७ लाखमाथि छ भने ‘हर्ष’को २८ लाख ७८ हजार, ‘अभिमन्यु’को २१ लाख ५० हजार, ‘पीआर’को ६ लाख ७५ हजार, ‘लोकन्ती’को ४ लाख १२ हजार र ‘चिराग’को ६८ हजार ४५० रुपैयाँ मात्र ग्रस व्यापार भएको छ ।