Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

रवि-बालेनको मिलनपछि मनिषाको टिप्पणी : ‘विकल्प अनुहारमा होइन- दृष्टि र मूल्यमा हो’

फिल्मीखबर, काठमाडौं, 2025/12/28

manisha koirala

 

काठमाडौं महानगरका प्रमुख बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच एकता गर्ने सहमति जुटेपछि राष्ट्रिय राजनीतिमा ठूलो तरंग पैदा भएको छ । आइतबार बिहान ७ बुँदे सम्झौता गरेका दुवै नेताप्रति समर्थकहरूले बधाइ तथा शुभकामना व्यक्त गरिरहेका छन् । तर, उनीहरूको सहकार्यलाई लिएर विभिन्न कोणबाट टीका-टिप्पणीहरू पनि भइरहेका छन् ।

रवि र बालेनबीच राजनीतिमा सहकार्य गर्ने सहमति भएपछि बलिउड अभिनेत्री मनिषा कोइरालाले समेत टिप्पणी गरेकी छन् । उनले आफ्नो फेसबुक पेजमा एक पोस्ट लेख्दै भनेकी छन्, ‘जब सोच र पद्धति पुरानो रहन्छ, तब विकल्प पनि पुरानो लाग्न थाल्छ । विकल्प अनुहारमा होइन-दृष्टि, र मूल्यमा हो ।’ कमेन्टमा धेरैले उनको विचारप्रति सहमति जनाएका छन् ।

अभिनेत्री केकी अधिकारी भने रवि र बालेनबीचको सहकार्यले उत्साहित देखिएकी छन् । दुई नेताको एकता नेपाल र नेपालीको हितका लागि अगाडि बढोस् भन्दै उनले शुभकामना दिएकी छन् । अर्की अभिनेत्री स्वस्तिमा खड्काले रवि र बालेनबीचको राजनीतिक सहकार्यलाई स्वागत गर्दै फेसबुक पोस्टमा ‘म नेपाल हाँसेको हेर्न चाहन्छु’ भन्ने गीतको वाक्य लेखेकी छन् ।

त्यस्तै, अभिनेता दीपकराज गिरीले रवि र बालेनको मिलनपछि मुलुकले फेरि अर्को विकल्प खोज्नु नपरोस् भन्ने कामना गर्दै शुभकामना दिएका छन् । जनताले हरेकपटक परिवर्तनको आवाजलाई साथ दिँदै आएको र पटक-पटक विभिन्न विकल्पहरूको प्रयोग भए पनि देशले अपेक्षित गति लिन नसकेको उल्लेख गर्दै उनले अब त्यस्तो अवस्था नआउने विश्वास व्यक्त गरेका छन् ।

निर्देशक निश्चल बस्नेत, अभिनेता तथा निर्माता निर्मल शर्मा, अभिनेता जयकिशन बस्नेत, कलाकार कमलमणी नेपाल, निर्माता तथा अभिनेता रविन्द्रसिंह बानियाँ, अभिनेत्री प्रियंका कार्की, अभिनेता नाजिर हुसेन, निर्देशक असिम शाहलगायतले पनि रवि-बालेनबीच भएको सहमतिको स्वागत गर्दै अब देश र जनताले खोजेको परिवर्तन आउने आशा व्यक्त गरेका छन् ।