Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘कल्ली’को टिजरमा मान्छेभित्रको देउता र राक्षसीपनको कथा

फिल्मीखबर, काठमाडौं, 2025/12/27

Saugat Malla, Barsha Raut, Najir Husen, Benisha Hamal

 

लक्ष्मण सुनारको निर्देशनमा बनेको फिल्म ‘कल्ली’को टिजर सार्वजनिक गरिएको छ । २ मिनेट लामो टिजरले फिल्मको कथा, सेटिङ र भावनात्मक तनावको झलक प्रस्तुत गर्दै मान्छेभित्रको देउता र राक्षसीपनको द्वन्द्वलाई उजागर गरेको छ । मान्छेले आफूभित्रको देउतालाई मारेर राक्षसलाई ब्यूँताएपछि उत्पन्न हुने परिस्थितिको कथा टिजरमा देख्न सकिन्छ ।

पौराणिक कथाको झलक दिने टिजरमा सौगात मल्ललाई राक्षसको वध गर्ने योद्धाको रूपमा चित्रित गरिएको छ भने, बेनिशा हमालको रौद्र रुपले दर्शकलाई उनको पात्रको शक्ति र भावनात्मक गहिराइ अनुभव गराउँछ । उनको सशक्त उपस्थितिले कथामा रहस्यमय मोड ल्याएको देखिन्छ । टिजरका दृश्यलाई पृष्ठभूमि संगीतले अझ जीवन्त बनाएको छ । 

महाशिवरात्रिको छेको पारेर फागुन १ गतेबाट प्रदर्शनमा आउन लागेको यस फिल्ममा सौगात र बेनिशासहित उत्तम प्रधान, अर्पण थापा, सुलक्षण भारती, नाजिर हुसेन, वर्षा राउत, परिक्षा लिम्बू, बेगम नेपाली, विनोद न्यौपाने, रेयर राई, प्रियना आचार्य, अर्जुन गुरुङ (भँगेरी), सन्जोक राणा, गीता अधिकारी लगायतको पनि अभिनय रहेको छ । किरण नेपाली फिल्मका निर्माता हुन् ।

निसाल पौडेलको छायांकन तथा महेश दवाडीको लेखन रहेको फिल्ममा मिलन श्रेष्ठको सम्पादन, आशिष अविरल, सरित राई र केतन क्षेत्रीको संगीत तथा एनवी महर्जनको द्वन्द्व निर्देशन छ । फिल्मलाई भारत र पाकिस्तानमा पनि प्रदर्शन गर्ने तयारी गरिएको छ । त्यसका लागि फिल्मको हिन्दी भाषामा डबिङको काम भइरहेको जनाइएको छ ।