Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

छोरीमाथि ‘बडी-सेमिङ’ भएपछि करिश्माको आक्रोश- ‘कम्तीमा जनावर जत्तिको विवेक राख्नुस्’

फिल्मीखबर, काठमाडौं, 2025/12/26

Karishma Manandhar

 

अभिनेत्री करिश्मा मानन्धरले छोरी कवितामाथि ‘बडी-सेमिङ’ भएपछि कानुनी बाटो अपनाउने चेतावनी दिएकी छन् । उनले शुक्रबार फेसबुकमा एक पोस्ट लेख्दै कम्तीमा जनावर जत्तिको विवेक राख्न अनुरोध गरेकी छन् । ‘स्क्रिन सट’ समेत सेअर गरेकी उनले आफूसँग छोरीको तुलना गरेर टिप्पणी गर्नु कस्तो सोचको उपज हो भनेर प्रश्न पनि गरेकी छन् । 

उनले लेखेकी छन्, ‘मेरो छोरीमाथि बारम्बार बडी-सेमिङका टिप्पणीहरू गरिन्छ । उसको परिस्थिति के हो, उसले के भोगिरहेकी छ-यी कुरा नबुझी कसरी कसैको शरीर, स्वरूप वा अस्तित्वमाथि प्रश्न उठाउन सकिन्छ ? के सुन्दरता कुनै एउटै मापदण्डमा सीमित हुन्छ ? यदि त्यस्तो हो भने, के त्यो मापदण्डमा नपरेका मानिसहरूले मान्छे भएर बाँच्ने अधिकार गुमाउँछन् ?’

हरेक व्यक्तिमा आफ्नै किसिमको सौन्दर्य हुने र व्यक्ति जस्तो छ, त्यस्तै भएर बाँच्न पाउनु उसको जन्मसिद्ध अधिकार भएको उनको भनाइ छ । उनले आफ्नो सन्तान र आफूप्रति सचेत रहनु के अपराध भयो भनेर प्रश्न पनि गरेकी छन् । उनी अगाडि लेख्छिन्, ‘कि हामी जे जस्तो भौतिक रुपमा छौं, त्यो देखिएबापत मौन भएर लुकेर बाँच्नुपर्ने हो ?’

करिश्माले आफ्नो सहनशीलताको पनि सीमा रहेको उल्लेख गर्दै यस्ता गतिविधिले आफू वा आफ्नो परिवारलाई मानसिक क्षति पुर्‍याएको खण्डमा कानुनी बाटो अपनाउने अधिकार आफूमा सुरक्षित रहेको बताएकी छन् । उनी लेख्छिन्, ‘यो चेतावनी होइन-आत्मसम्मान र सुरक्षाको स्पष्ट सीमा मात्र हो ।’