Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘धुरन्धर’ र ‘अवतार ३’ले नेपालमा कमाए १२ करोडमाथि

फिल्मीखबर, काठमाडौं, 2025/12/25

Upcoming winter 2025 blockbusters: From 'Avatar: Fire and Ash' to ' Dhurandhar'. Check release dates and details - The Economic Times

 

गत असोज अर्थात् दशैंमा प्रदर्शन भएको दक्षिण भारतीय फिल्म ‘कान्तारा : च्याप्टर १’पछि नेपाली बक्स अफिसमा विदेशी फिल्मले अपेक्षित व्यापार गर्न सकेका थिएनन् । करिब २ महिनापछि दुई विदेशी फिल्मले यतिबेला नेपालमा सानदार कमाइ गरिरहेका छन् । ती फिल्म हुन्, ‘धुरन्धर’ र ‘अवतार ३’ । यी दुई फिल्मले नेपालमा १२ करोडभन्दा बढी कमाइ गरिसकेका छन् । 

गत मंसिर १९ गते प्रदर्शनमा आएको बलिउड एक्सन फिल्म ‘धुरन्धर’ले बिहीबार दिउँसोसम्म ८ करोड ५० लाख रुपैयाँ ग्रस व्यापार गरेको चलचित्र विकास बोर्डको सिनेपाः बक्स अफिसमा देखिएको छ । यो फिल्मको व्यापारिक रफ्तार हेर्दा ११ करोड सजिलै पार हुने देखिन्छ । भारतमा भने फिल्मको व्यापार साढे ६ सय करोडको संघारमा छ । 

गत शुक्रबार प्रदर्शन भएको हलिउडको साइन्स फिक्सन फिल्म ‘अवतार: फायर एन्ड यश’ले पनि नेपालमा उत्साहजनक व्यापार गरिरहेको छ । बिहीबार दिउँसोसम्म फिल्मले ३ करोड ८४ लाख रुपैयाँ ग्रस कमाएको छ । धेरैपछि हलिउड फिल्मले नेपालमा यो अंक जोडेको हो । यस फिल्मले नेपालमा ५ करोडसम्म कमाउन सक्ने आँकलन गरिएको छ ।

यस वर्ष नेपालमा सर्वाधिक कमाइ गर्ने विदेशी फिल्मको सूचीमा ‘सैयारा’ अग्रस्थानमा छ । यसले ११ करोड रुपैयाँभन्दा बढी ग्रस व्यापार गरेको छ । दोस्रो स्थानमा रहेको ‘कान्तारा : च्याप्टर १’को व्यापार साढे १० करोडभन्दा बढी छ । अब तेस्रो स्थानमा आइपुगेको ‘धुरन्धर’ले नेपालमा ‘सैयारा’ र ‘कान्तारा १’ दुवैको कमाइलाई उछिन्न सक्ने प्रक्षेपण गरिएको छ ।