Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘परिवर्तन’को ‘पाकेको चिउरी’ गीतमा प्रेम साट्दै सुशील र अञ्जना

फिल्मीखबर, काठमाडौं, 2025/12/25

Sushil Shrestha, Anjana Baraili

 

आगामी माघ ९ गतेबाट प्रदर्शन हुन लागेको फिल्म ‘परिवर्तन’मा समावेश पहिलो गीत ‘पाकेको चिउरी’ सार्वजनिक गरिएको छ । क्रिसमस डेको अवसर पारेर बिहीबार सार्वजनिक यस गीतमा एसडी योगी र रेश्मा पुनको स्वर तथा योगी स्वयंको संगीत रहेको छ । मौसम अर्यालले शब्द लेखेका हुन् । गीतले युवायुवतीबीचको प्रेम र आकर्षणको भावनालाई व्यक्त गरेको छ ।

रामजी लामिछानेको कोरियोग्राफी रहेको गीतको भिडियोमा फिल्मका मुख्य जोडी सुशील श्रेष्ठ र अञ्जना बराइलीलाई देख्न सकिन्छ । उनीहरूले आकर्षक नृत्य प्रस्तुत गरेका छन् । गीतले उनीहरूको सम्बन्धको गहिराइलाई दर्शकसामु स्पष्ट पार्न खोजेको छ । निर्माण टिमका अनुसार यो गीतलाई फिल्मको कथासँग मेल खाने गरी समावेश गरिएको छ ।

विजय केरुङको निर्देशनमा बनेको यस फिल्ममा सुशील र अञ्जनासहित सरोज खनाल, करिश्मा मानन्धर, बुद्धि तामाङ, हेमन्त बुढाथोकी, सुवास मेचे, पुकार भट्टराई, यामनाथ खरेल, आशा पौडेल लगायतको पनि अभिनय रहेको छ । फिल्मलाई दीपक सिवाकोटीले निर्माण गरेका हुन् । यसमा उनी स्वयंको कथा छ भने पटकथा तथा संवाद शिवम् अधिकारीले तयार पारेका हुन् ।

दक्षिण भारतीय फिल्ममा साउन्ड डिपार्टमेन्टमा काम गर्दै आएकी एम. गीता गुरप्पा साउन्ड डिजाइनर रहेको यस फिल्ममा शिव ढकालको डिओपी, श्री श्रेष्ठको द्वन्द्व निर्देशन, बन्दे प्रसादको सम्पादन तथा एसडी योगीको संगीत छ । फिल्मले युवाको विद्रोही सोच, देशप्रतिको जिम्मेवारी र सुधारको चाहनालाई प्रस्तुत गर्ने जनाइएको छ ।