Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

बेनिशाले किन्न थालिन् फिल्मको डिजिटल अधिकार

फिल्मीखबर, काठमाडौं, 2025/12/25

Benisha Hamal

 

अभिनेत्री बेनिशा हमालले आफ्नो परिचयको दायरा फराकिलो बनाउँदै लगेकी छन् । सर्ट फिल्म ‘मिसिङ ब्राइड’मार्फत निर्देशनमा डेब्यु गरिसकेकी उनी आफू अभिनीत नयाँ फिल्म ‘द ब्लू लाइट’मा कार्यकारी निर्माताको रूपमा समेत जोडिएकी छन् । अब उनले फिल्मको डिजिटल अधिकार पनि लिन सुरु गरेकी छन् । त्यसको सुरुवात उनले ‘द ब्लू लाइट’बाट गरेकी छन् । 

मौरी पिक्चर्स नामक कम्पनीमार्फत उनले फिल्मको डिजिटल अधिकार खरिद गर्न थालेकी हुन् । सोही नामको युट्युब च्यानलमा फिल्म रिलिज हुनेछ । यसमा यसअघि बेनिशाले निर्माण गरेका ‘मिसिङ ब्राइड’ र ‘आउन राजा’ गीतको भिडियो रिलिज भइसकेका छन् । अब फिचर फिल्म र त्यसका गीतदेखि टिजरसम्म रिलिज गर्ने उनको योजना छ ।

फिल्मको डिजिटल अधिकार लिन सुरु गरेको जानकारी गराउँदै उनले फेसबुकमा लेखेकी छन्, २०२५ को अन्त्यसँगै म एउटा नयाँ यात्रातर्फ अगाडि बढ्दैछु । मेरो कम्पनी मौरी पिक्चर्समार्फत अब फिल्महरूको डिजिटल अधिकार लिन सुरु गर्ने निर्णय गरेको छु । कार्यकारी निर्माताको रूपमा ‘द ब्लू लाइट’बाट यो नयाँ अध्याय सुरु भएको छ, र यही फिल्म मेरो यात्राको पहिलो कदम हो ।’

नयाँ सुरुवात सधैं अनिश्चितताले भरिएको हुने उल्लेख गर्दै उनले यो यात्रा सजिलो नभए पनि आफूले धेरै कुरा सिक्ने र फिल्म मेकिङको यात्रामा अगाडि बढ्न मद्दत पुग्ने विश्वास व्यक्त गरेकी छन् । फिल्म उद्योगमा लामो समय बिताउँदा आफूले धेरै कुरा सिकेको र अब फिल्ममार्फत केही योगदान दिने दायित्वले फिल्मको डिजिटल अधिकार लिन सुरु गरेकी उनको भनाइ छ ।