Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘कुमारी’को प्रवर्द्धनमा केहरले सघाउने, ६ सहरमा कन्सर्ट गरिँदै

फिल्मीखबर, काठमाडौं, 2025/12/24

kumari movie

 

प्रणय दिवसको छेको पारेर माघ २३ गतेबाट प्रदर्शन हुन लागेको फिल्म ‘कुमारी’को प्रवर्द्धनमा गायक केहर सिंह लिम्बूले सघाउने भएका छन् । फिल्मबारे दर्शकमाझ जानकारी पुर्‍याउने उद्देश्यले आयोजना गर्न लागिएको सांगीतिक टूरमा केहर र उनको ब्यान्डले प्रस्तुति दिन लागेको हो । ‘कुमारी लाइभ म्युजिकल कन्सर्ट’ नाम दिइएको यो टूर ६ वटा सहरमा हुनेछ ।

आगामी माघ १ गतेदेखि २३ गतेसम्म दाङ, पोखरा, काठमाडौं, नेपालगन्ज, चितवन र धरानमा कन्सर्ट हुने जनाइएको छ । सबै कन्सर्टमा केहर र उनको ब्यान्ड ‘केहर एन्ड द लुङा’ले आफ्नो लाइभ प्रस्तुति दिनेछ । फिल्मका गीतहरू दर्शकमाझ लोकप्रिय बनिरहेका बेला कन्सर्टले फिल्मप्रति अझ उत्साह बढाउने अपेक्षा गरिएको छ ।

केहर ‘कुमारी’का पार्श्व गायक समेत हुन् । उनले गाएका ‘कता छौ मेरो फूल’ र ‘तिमी बिना’ दर्शकमाझ लोकप्रिय बनेका छन् । अब कन्सर्ट सुरु हुनुअघि फिल्ममा समावेश लोक लयमा आधारित अर्को गीत सार्वजनिक गर्ने तयारीमा निर्माण समूह छ । यो गीतमा पनि केहर स्वयंको स्वर रहेको छ । यही फिल्मबाट उनले पार्श्व गायनमा डेब्यु गरेका हुन् ।

‘आइ एम सरी’, ‘नोभेम्बर रेन’ र ‘क्लासिक’ जस्ता रोमान्टिक फिल्ममार्फत दर्शकमाझ चिनिएका दिनेश राउतले ‘कुमारी’को निर्देशन गरेका हुन् । यसमा आकृति राजभण्डारी, अबिषेक खड्का, घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकाङ्क्षा कार्की, मधु खड्का, सरोज लामिछाने लगायतको अभिनय रहेको छ । महेन्द्र अधिकारी निर्माता रहेको फिल्ममा विकास सुवेदीको लेखन छ ।