Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

रणवीरले छाडेका हुन् ‘डन ३’ ?

एजेन्सी, काठमाडौं, 2025/12/23

ranveer singh don 3

 

बलिउड अभिनेता रणवीर सिंह यतिबेला चर्चाको केन्द्रमा छन् । त्यसको कारण हो, उनको नयाँ फिल्म ‘धुरन्धर’ले बक्स अफिसमा गरेको असाधारण व्यापार । ६ सय करोडको संघारमा रहेको यो फिल्ममा उनले निभाएको हमजा र जसकीरतको भूमिका निकै रुचाइएको छ । उनी अब यसको दोस्रो श्रृंखलामा पनि देखिँदैछन्, जुन आगामी मार्चमा रिलिज हुँदैछ । 

‘धुरन्धर’ले ठूलो व्यावसायिक सफलता हासिल गरिरहँदा रणवीरले निर्देशक फरहान अख्तरको महत्वाकांक्षी फिल्म ‘डन ३’बाट हात झिकेको चर्चा एकाएक चुलिएको छ । पिंकविलाको रिपोर्ट अनुसार उनले फिल्ममा काम नगर्ने आफ्नो निर्णयबारे फरहानलाई जानकारी गराइसकेका छन् । यद्यपि, उनले फिल्म छाडेकोबारे दुवै पक्षबाट पुष्टि हुन बाँकी छ ।

‘डन ३’बाट रणवीर बाहिरिनुको कारणबारे पिंकविलाले स्रोतको भनाइ उद्धृत गर्दै रिपोर्टमा भनेको छ, ‘रणवीर ‘धुरन्धर’को सफलतापछि स्पष्ट छन् कि उनी अब कुन किसिमका फिल्म गर्न चाहन्छन् । उनी सञ्जय लीला भन्साली, लोकेश कनगराज र एटली जस्ता मेकरसँग काम गर्न इच्छुक छन् । उनी लगातार ग्याङस्टर फिल्ममा देखिन चाहँदैनन् । यसैले उनले ‘डन ३’ छाडेका हुन् ।’

उनी अब निर्माता जय मेहताको फिल्म ‘प्रलय’को छायांकन सुरु गर्ने तयारीमा छन् । जबकि, यो फिल्मको छायांकन ‘डन ३’को रिलिजपछि मात्र हुँदै थियो । रणवीरले अब आफ्नो फिल्मलाई समय दिने भएपछि यतिबेला मेहता छायांकनको तारिख र सेड्युल मिलाउन जुटेको पिंकविलाले जनाएको छ । यो फिल्म जम्बीमा आधारित छ, जसले एक मानवीय कथा भन्नेछ ।