Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘झरीपछिको इन्द्रेणी’ : बालेनको गीतलाई लोभलाग्दो भ्यूज

फिल्मीखबर, काठमाडौं, 2025/12/16

BALEN

 

यही शुक्रबार (४ पुष)बाट प्रदर्शन हुन लागेको फिल्म ‘झरीपछिको इन्द्रेणी’ स्टारकास्टदेखि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको र्‍यापसम्मले चर्चाको केन्द्रमा छ । आइतबार साँझ सार्वजनिक भएको मेयर शाहको र्‍याप गीत ‘आम नेपाली बुवा’ले युट्युबमा लोभलाग्दो भ्यूज र सकारात्मक प्रतिक्रिया पाएपछि निर्माण टिममा उत्साह थपिएको छ । 

र्‍यापर शाहकै युट्युब च्यानलबाट सार्वजनिक भएको यस गीतले २४ घन्टामै १० लाख भ्यूज पाएको थियो । फिल्मका गीतमा यो दुर्लभ मानिन्छ । यो समाचार तयार पार्दासम्म गीतलाई युट्युबमा झन्डै १६ लाखले हेरिसकेका छन् भने कमेन्ट सेक्सनमा प्रशंसाको ओइरो लागेको छ । प्रायःले बालेनकै गुणगान गाएका छन् ।

चर्चित हास्य कलाकार अर्जुन घिमिरे (पाँडे)को निर्देशनमा बनेको फिल्ममा अर्जुनसहित गणेश उप्रेती, रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, सरिता गिरी, देशभक्त खनाल, निर्मल शर्मा, कृष्ण शिवाकोटी, कृष्णभक्त महर्जन, प्रियना आचार्य (मुन्नी), अंशु महर्जन, राजेन्द्र नेपाली लगायतको अभिनय रहेको छ । गणेशले यही फिल्मबाट करिब ९ वर्षपछि कमब्याक गरेका हुन् ।

निर्देशक घिमिरे स्वयंको कथा रहेको यो फिल्मबाट विमोचन दवाडी र जेसिका पोखरेलले डेब्यु गरेका छन् । जेसिका दीपाश्रीकी बहिनीकी छोरी हुन् । बाल कलाकारमा दिप्सन चिलवालको पनि अभिनय रहेको छ । फिल्मको पटकथा तथा संवाद गणेश कार्की र विशाल घिमिरेले लेखेका हुन् । अनिशा सेन्दाङ लिम्बू निर्मात्री रहेको फिल्मका छायाँकार बुद्ध थापा हुन् ।