Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘कुमारी’को पोस्टरमा प्रेम र आत्मीयताको झलक

फिल्मीखबर, काठमाडौं, 2025/12/14

Kumari Poster

 

प्रणय दिवस (भ्यालेनटाइन डे)को छेको पारेर माघ २३ गतेबाट प्रदर्शन हुन लागेको फिल्म ‘कुमारी’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । फिल्मका मुख्य जोडी अभिषेक खड्का र आकृति राजभण्डारीलाई प्रसन्न मुद्रामा प्रस्तुत गरिएको पोस्टरले फिल्म प्रेमकथामा आधारित रहेको स्पष्ट पार्छ । पोस्टरमा उनीहरूको प्रेम र आत्मीयता झल्किएको छ । 

पोस्टर सार्वजनिकसँगै फिल्मको नयाँ गीत ‘तिमी बिना’को रिलिज मिति पनि घोषणा गरिएको छ । निर्माण पक्षका अनुसार उक्त गीत पुष ३ गते सार्वजनिक गरिनेछ । यसअघि फिल्ममा समावेश ‘कता छौ मेरो फूल’ बोलको गीत सार्वजनिक भइसकेको छ । गायक केहर सिंह लिम्बूको स्वर रहेको यस गीतलाई दर्शकले रुचाएका छन् । 

दिनेश राउतको निर्देशनमा बनेको फिल्ममा अभिषेक र आकृतिसहित घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकाङ्क्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह, सरोज लामिछाने, मनषा शर्मा लगायतका कलाकारहरूको पनि अभिनय रहेको छ । निर्देशक राउतले ‘क्लासिक’पछि लभस्टोरी कथामा ‘कुमारी’ बनाएका हुन् । यसैले फिल्मप्रति दर्शकमा उच्च अपेक्षा देखिन्छ ।

बिनिश इन्टरटेन्मेन्ट, पिक्चर फ्रेम र केन्द्र मोसन पिक्चर्सको सहकार्यमा निर्माण भएको यस फिल्मका निर्माता महेन्द्र अधिकारी हुन् । केदार भुसाल कार्यकारी निर्मातामा छन् । फिल्ममा विकास सुवेदीको लेखन रहेको छ भने सुसन प्रजापतिको छायांकन, उत्तम न्यौपानेको साउन्ड डिजाइन, सुप्रिम पराजुलीको सम्पादन तथा किरण थापा र शिशिर खातीको कोरियोग्राफी छ ।