Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘धुरन्धर’को बक्स अफिसमा सुनामी, ८ दिनमा २५० करोड पार

एजेन्सी, काठमाडौं, 2025/12/13

Dhurandhar

 

गत साता प्रदर्शनमा आएको मल्टीस्टारर बलिउड फिल्म ‘धुरन्धर’ले भारतीय बक्स अफिसमा धुम मच्चाएको छ । २८ करोड ६० लाखको जबर्जस्त ओपनिङ गरेको यो फिल्मले पहिलो सातामै २ सय करोड पार परेको थियो । फिल्मको ७ दिनको कमाइ २१८ करोड नेट छ । पहिलो हप्ताकै कमाइको आधारमा भारतीय ट्रेड एनालिस्टहरुले फिल्मलाई ‘ब्लकबस्टर’ घोषणा गरिसकेका छन् ।

फिल्मको दोस्रो साता पनि व्यापारिक रफ्तारमा कमी आएको छैन । दोस्रो शुक्रबार त फिल्मले रेकर्ड नै बनाएको छ । ८औं दिन फिल्मले ३४ करोड ७० लाख कमाएको ट्रेड एनालिस्ट तरण आदर्शले जनाएका छन् । यो प्रदर्शनयताकै उच्च कमाइ हो । योसँगै ‘धुरन्धर’ले ‘पुष्पा−२’ (हिन्दी), ‘छावा’, ‘एनिमल’, ‘गदर−२’, र ‘बाहुबली−२’ (हिन्दी)को दोस्रो शुक्रबारको कमाइलाई उछिनेको छ ।

दोस्रो शुक्रबारको व्यापारसँगै फिल्मको कमाइ २५० करोड नाघेको छ । आइतबार भारतमा विदा भएकाले दोस्रो विकेन्डसम्म फिल्मले ३ सय करोड पार गर्ने देखिन्छ । अब ‘धुरन्धर’ले ‘सैयारा’को ३३७ करोडको रेकर्ड तोड्दै वर्षको दोस्रो धेरै कमाउने फिल्म बन्ने लक्ष्य लिएको छ । यस वर्षको सर्वाधिक कमाइको कीर्तिमान बनाउन भने यसले ‘छावा’को ६१५ करोडको रेकर्ड तोड्नुपर्नेछ ।

आदित्य धरको निर्देशनमा बनेको यस फिल्ममा रणवीर सिंह, आर माधवन, अक्षय खन्ना, सञ्जय दत्त, अर्जुन रामपाल, सारा अर्जुन लगायतको अभिनय रहेको छ । तर, यतिबेला चर्चाको केन्द्रमा अक्षय छन् । उनको नृत्यदेखि अभिनयसम्म अत्याधिक रुचाइएको छ । उनकै कारण फिल्मको व्यापारमा समेत उछाल आइरहेको छ । यसमा ग्याङस्टरहरुको लडाइँ र पुलिस अप्रेसनको कथा छ ।