Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

हलमा ‘पीआर’: प्रिमियरमा तारिफ, दर्शकले के भन्लान् ?

फिल्मीखबर, काठमाडौं, 2025/12/12

PR- NEPALI MOVIE

 

नेपाली विद्यार्थीले अस्ट्रेलियाको स्थायी आवासीय पत्र (पीआर) लिन गर्नुपर्ने संघर्ष र घरको ऋणले कसरी सताउँछ भन्ने विषय समेटिएको फिल्म ‘पीआर’ शुक्रबारबाट प्रदर्शनमा आएको छ । फिल्मले देशव्यापी एक सय हाराहारी शो पाएको छ ।

शाेभित बस्नेत निर्देशकीय यस फिल्मले गत बुधबार काठमाडौंमा फिल्मकर्मी र मिडियाकाे उपस्थितिमा प्रिमियर गरेकाे थियो । फिल्म हेरेका अधिकांशले कथावस्तु र कलाकारहरूको अभिनय मन पराएका थिए ।

सलोन सलिना फिल्म्सको ब्यानरमा निर्माण भएको यस फिल्ममा आर.ए. सुरज पौडेल, विनिता कार्की, राजन कुँवर, पूजा चौधरी,आश्मा अधिकारी मस्तानी, विमला खत्री, गणेश बुढाथोकी, म्याक्स कृष्ण थापा र नवीन घायल मुख्य भूमिकामा छन् । विशेष भूमिकामा नीर शाह, गौरी मल्ल, रविन्द्र खड्का, उत्तम के.सी., र दिक्पाल कार्कीलाई देख्न सकिनेछ ।

यस फिल्मको प्रस्तुतकर्ता रञ्जित साह र सन्तोष तिवारी हुन् भने निर्मातामा लक्ष्मण सापकोटा र प्रदीप दाहाल रहेका छन् । यसमा छायांकन सौरभ सायमी र सौरभ लामा, लेखन गणेश बुढाथोकी, सम्पादन बन्दे प्रसाद, संगीत मानस राज र कोरियोग्राफी रामजी लामिछानेको रहेको छ ।