Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

प्रदीप स्टारर ‘एक्लो’को ट्रेलर सार्वजनिक

फिल्मीखबर, काठमाडौं, 2025/12/11

EKLO

 

आगामी पुष १७ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘एक्लो’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै दर्शकमाझ ल्याइएको झन्डै तीन मिनेट लम्बाइको ट्रेलरमा सत्ता संघर्ष, प्रहरीको अनुसन्धान र प्रविधिजस्ता पक्षलाई केन्द्रमा राखिएको छ । ट्रेलर हेर्दा फिल्म प्राविधिक रूपमा बलियो रहेको देखिन्छ ।

प्रदीप शाहीको लेखन तथा निर्देशनमा बनेको फिल्ममा प्रदीप खड्का, विजय लामा, सुनील थापा, दीया पुन, बेनिशा हमाल, दिनेश डीसी, कविता नेपाली, सुरजसिंह ठकुरी, एवन राज उप्रेती, त्रिचु राई, कृष्णभक्त महर्जन, विकास अधिकारी, विनोद सुवेदी ‘क्षितिज’, श्रीशेष श्रेष्ठ, बेलायती अभिनेता जेमी बेकन लगायतको अभिनय रहेको छ ।

एनआरएन समूहको लगानी रहेको फिल्मको निर्मातामा प्रदीप खड्का पनि छन् । विनोद सुवेदी ‘क्षितिज’ कार्यकारी निर्माता रहेको फिल्मको छायांकन बाबु श्रेष्ठले गरेका हुन् । यसमा रुपेश तामाङको सम्पादन, रोहित शाक्यको संगीत तथा राजु तामाङको द्वन्द्व निर्देशन रहेको छ भने स्वप्निल शर्माले गीत तयार पारेका छन् ।

यो फिल्मको गत मेमा विश्वप्रसिद्ध कान्स फिल्म फेस्टिभलमा स्टल नै राखेर प्रचार गरिएको थियो ।  यसपछि अन्तर्राष्ट्रिय बजारमा फिल्मको चर्चा चुलिएको छ । अब यही डिसेम्बर २८ मा अमेरिकाको न्युयोर्कस्थित ‘म्युजियम अफ द मुभिङ इमेज’मा फिल्मको प्रिमियर गरिँदैछ । यो फिल्मले खतरनाक भाइरसका कारण मानिसले पृथ्वी ग्रह छाड्ने भविष्यको एक काल्पनिक कथा भन्छ ।