Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

फागुन १५ मा आउँदै ‘प्रवासी जीवन’, पोस्टरमा देखिए हमालदेखि सरितासम्म

फिल्मीखबर, काठमाडौं, 2025/12/10

PRAWASI JIWAN 3 POSTER 1

 

अभिनेता राजेश हमालको मुख्य भूमिका रहेको फिल्म ‘प्रवासी जीवन’ आगामी फागुन १५ गतेबाट प्रदर्शनमा आउने भएको छ । बुधबार निर्माण पक्षले दुईवटा पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति तय गरेको हो । पोस्टरमा हमालसहित सरिता लामिछाने, बुद्धि तामाङ, महादेव अधिकारी, एञ्जेला बस्नेत लगायतका कलाकारहरूलाई स्थान दिइएको छ । 

श्याम क्षेत्री र राम अधिकारीको संयुक्त निर्देशन रहेको फिल्ममा प्रवासीहरूको सुख-दुःख, आरोह-अवरोह र चुनौतीलाई मुख्य कथावस्तु बनाइएको छ । निर्देशक क्षेत्रीका अनुसार नेपालबाट उज्जवल भविष्य र स्थायित्वको खोजीमा अमेरिका पुगेका नेपाली युवाहरूले त्यहाँ सामना गर्नुपर्ने संघर्ष, अवसर र भावनात्मक उतार–चढाव फिल्मको केन्द्रीय कथामा समेटिएको छ ।
 
गगन सुवेदी, लोकेश भित्रीकोटी, दिव्या न्यौपाने, अबिगेल लुहार, प्रासु गिरि, शिखा अधिकारी लगायतका कलाकारहरूको पनि अभिनय रहेको यस फिल्मको कथा, पटकथा तथा संवाद निर्देशक क्षेत्री स्वयंले तयार गरेका हुन् । यसमा अमृत बिसुवाको छायाङ्कन, राम अधिकारीको सम्पादन, सुवास सिन्चुरीको पार्श्व संगीत तथा नवीन कार्कीको संगीत रहेको छ । 

श्याम क्षेत्री प्रोडक्सन र नेशनल मिडिया प्रोडक्सनको संयुक्त निर्माणमा तयार भएको फिल्मका निर्माता रविन आचार्य हुन् । उनले यसअघि ‘डाईङ क्यान्डल’, ‘चक्कर’, ‘जय श्री दाम’, ‘केटीएम कक्टेल’, ‘सरिता’ जस्ता फिल्म निर्माण गरिसकेका छन् । आरआर फिल्म्सले वितरण गर्ने यो फिल्मको सम्पूर्ण छायांकन अमेरिकामा गरिएको हो ।