Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘पीआर’को शीर्ष गीत ‘पीआरको चक्करले’ सार्वजनिक

फिल्मीखबर, काठमाडौं, 2025/12/09

PR- NEPALI MOVIE

 

यही शुक्रबारबाट प्रदर्शन हुन लागेको फिल्म ‘पीआर’को शीर्ष गीत ‘पीआरको चक्करले’ सार्वजनिक गरिएको छ । शोभित बस्नेतको निर्देशनमा बनेको फिल्मको उक्त गीतमा मानस राजको स्वर, शब्द र संगीत रहेको छ । गायनमा उनलाई समीक्षा अधिकारीले साथ दिएकी छन् । गीतले विदेशको संघर्ष र पीआरका लागि सामना गर्नुपर्ने चुनौती र कठिनाइलाई व्यक्त गरेको छ ।

निर्देशक बस्नेत स्वयंको कोरियोग्राफी रहेको गीतको भिडियोमा फिल्मका कलाकारहरू आर ए सुरज पौडेल, विनिता कार्की, राजन कुँवर, पूजा चौधरी र आश्मा अधिकारीलाई देख्न सकिन्छ । भिडियोमा उनीहरूले अष्ट्रेलियामा गरेको संघर्षलाई देखाइएको छ भने खुसी, पीडा, दुःख र निराशालाई पनि मार्मिक ढंगले प्रस्तुत गरिएको छ ।

सलोन सलिना फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्ममा मस्तानी डागी, विमला खत्री, गणेश बुढाथोकी, म्याक्स बाबु, कृष्ण थापा, नवीन घायल, नीर शाह, गौरी मल्ल, रविन्द्र खड्का, उत्तम केसी, दीक्पाल कार्की लगायतको पनि अभिनय रहेको छ । प्रेम, संघर्ष र आप्रवासनको संवेदनशील कथामा आधारित ‘पीआर’को प्रस्तुतकर्ता रञ्जित साह र सन्तोष तिवारी हुन् । 

लक्ष्मण सापकोटा र प्रदीप दाहाल निर्माता रहेको फिल्ममा छायांकन सौरभ सायमी र सौरभ लामा, लेखन गणेश बुढाथोकी, सम्पादन बन्दे प्रसाद, संगीत मानस राज र कोरियोग्राफी रामजी लामिछानेको रहेको छ । निर्माण पक्षका अनुसार फिल्मले विदेश जाने नेपाली युवाको सपना, चुनौती र त्यसका पछाडिका सामाजिक यथार्थलाई मुख्य विषय बनाएको छ ।