Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

पल शाह स्टारर ‘आ बाट आमा’को टिजर रिलिज

फिल्मीखबर, काठमाडौं, 2025/12/08

Bipana Thapa, Pradeep Rawat, Paul Shah

 

द्वन्द्व निर्देशकको रुपमा परिचित चन्द्र पन्तको निर्देशनमा बनेको फिल्म ‘आ बाट आमा’को टिजर सार्वजनिक गरिएको छ । झन्डै २ मिनेट लामो टिजरले फिल्मको कथावस्तुबारे संकेत दिएको छ । भावनात्मक सम्बन्धलाई केन्द्रमा राखिएको टिजरमा परदेशिन लागेको छोराप्रति आमाबुबाको प्रेमलाई मर्मस्पर्शी रूपमा देखाइएको छ ।

टिजरमा अभिनेता पल शाह सिरानीमाथि पासपोर्ट राखेर सुतेको दृश्य देखिन्छ, जसले उनी परदेशिन लागेको संकेत गर्छ । उनकी आमा विपना थापा र बुबा प्रदीप रावत छोरालाई हेर्दै भावविह्वल भएका छन् । परदेशिन लागेको नेपाली युवा र त्यससँगै जोडिएको परिवारको संवेदनशील कथालाई निर्देशक चन्द्र पन्तले फिल्ममा मनछुने ढंगमा उतार्ने प्रयास गरेको टिजरमै अनुभूत हुन्छ ।

आगामी माघको १६ गतेबाट प्रदर्शनमा आउन लागेको यस फिल्ममा विपना, प्रदीप र पलसहित सिम्रन पन्त, साइग्रेस पोखरेल, उषा उप्रेती, रविन्द्र झा, गजित बिष्ट, अंशु महर्जन, बेगम नेपाली लगायतको अभिनय रहेको छ । निर्देशक पन्तकै कथा तथा पटकथा लेखन रहेको फिल्ममा अमर न्यौपाने, अभिमन्यू निरवी र चन्द्र पन्तले संवाद लेखेका हुन् । 

कृष्ण प्रसाद सुवेदी, ओमकार पन्त, प्रकाश जंग कुँवर, ध्रुव प्रसाद न्यौपाने र क्षितिज ढुंगानाको लगानी रहेको फिल्ममा नवराज उप्रेतीको छायांकन, गम्भीर बिष्ट र दिलिप ओखडाको कोरियोग्राफी, कोशिश क्षेत्री, थानेश्वर गौतम, बाबुल गिरी, अभी सुनारको संगीत, एलिस कार्की र शैलेन्द्र मान प्रधानको ब्याकग्राउन्ड स्कोर तथा साहिल खान र मिलन श्रेष्ठको सम्पादन छ ।