Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘मालती मङ्गले’को गीत छायांकनमा रोमान्टिक देखिए विजय र वर्षा

फिल्मीखबर, काठमाडौं, 2025/12/08

bijay baral and barsha raut  (2)

 

चर्चित गायक रामकृष्ण ढकालले पहिलो पटक निर्माण गरेको फिल्म ‘मालती मङ्गले’मा दुईवटा गीत समावेश हुने भएका छन् । त्यसमध्ये एउटा गीत ‘ढुङ्गा माथि लेउ’को सोमबार काठमाडौंको जर्सिङ पौवामा छायांकन भइरहेको छ । एसडी योगीको संगीत रहेको गीतलाई रामकृष्ण ढकाल र रीतिका श्रेष्ठले स्वर दिएका छन् भने शब्द हर्क साउदका हुन् । 

 

bijay baral and barsha raut  (1)


अर्जुन तिवारीले छायांकन गरिरहेको गीतमा फिल्मका मुख्य जोडी विजय बराल र वर्षा राउतलाई क्लासिक लुकमा प्रस्तुत गरिएको छ । यसका कोरियोग्राफर रोशन बिके हुन् । मंगलबार इन्द्रावती नदीमा पनि गीतको केही अंश खिचिने जनाइएको छ । अर्को गीत भने केही समयपछि खिच्ने तयारीमा निर्माण पक्ष छ ।

 

bijay baral and barsha raut  (3)


रानी म्युजिक इन्टरनेशनलको ब्यानरमा युनी इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भइरहेको फिल्मका निर्माता रामकृष्ण ढकाल हुन् भने सह–निर्मातामा बाबु सुवेदी, रविन श्रेष्ठ, वेदना कर्माचार्य श्रेष्ठ, पद्मावती गुरुङ र स्वीकृति बस्नेत छन् । निर्देशक प्रकु पाण्डेयले फिल्मको निर्देशन गरिरहेका छन् । कथा लेखन उनी स्वयंको हो । पटकथा तथा संवाद संयोग गुरागाईँले तयार गरेका हुन् ।

 

malati


फिल्ममा विजय र वर्षासहित मेक्सम गौडेल, सुवर्ण थापा, प्रकाश घिमिरे, सरिता गिरी, सुस्मा निरौला, सुनिल तामाङ, शकु शाह, उमेश सुनाम, सुचित्रा उप्रेती, दिनेश शाही, रिजन परियार, तारा शर्मा, गीता श्री, राज पङ्गेनी, सुस्मिता गुरुङ, सागर भट्टराई लगायतको अभिनय रहेको छ । रोमी तण्डुकारले सम्पादन गर्ने यो फिल्ममा महेश पौडेलको छायांकन रहेको छ ।