Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘झरीपछिको इन्द्रेणी’को ट्रेलरमा के छ ?

फिल्मीखबर, काठमाडौं, 2025/12/07

हास्य कलाकार अर्जुन घिमिरे ‘पाँडे’को डेब्यु निर्देशकीय फिल्म ‘झरीपछिको इन्द्रेणी’को ट्रेलर सार्वजनिक गरिएको छ । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच फिल्मको २ मिनेट ५५ सकेण्ड लामो ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलरले कथावस्तुका बारेमा प्रकाश पारेको छ । 

 

भ्रष्टाचार र बेथितीविरुद्ध एक जेनजी युवाले काठमाडौंको माइतीघर मण्डलाबाट थालेको आन्दोलनको कथावस्तुमा फिल्म आधारित रहेको संकेत ट्रेलरले दिन्छ । विदेश गएर उच्च शिक्षा अध्ययन गर्ने युवाको सपना पूर नहुँदा उसले कसरी भ्रष्टाचार र बेथितीविरुद्ध आन्दोलन गर्छ भन्ने कथा यसमा देखाइएको छ । 

 

 

नागराज इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यो फिल्मबाट अभिनेता गणेश उप्रेती करिब ९ वर्षपछि कमब्याक गरेका छन् । फिल्ममा गणेशसहित रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, सरिता गिरी, देशभक्त खनाल, निर्मल शर्मा, कृष्ण शिवाकोटी, कृष्णभक्त महर्जन, अर्जुन घिमिरे, प्रियना आचार्य, अंशु महर्जन, राजेन्द्र नेपाली, लक्षणा राई लगायतको अभिनय छ ।

 

आगामी पौष ४ गते प्रदर्शनमा आउन लागेको यो फिल्मबाट कलाकार विमोचन दवाडी र जेसिका पोखरेलले डेब्यू गरेका छन् भने बाल कलाकारमा दिप्सन चिलवाल छन् । निर्देशक घिमिरे स्वयंको कथा रहेको फिल्मको पटकथा र संवाद गणेश कार्की र विशाल घिमिरेले मिलेर लेखेका हुन् । फिल्मका छायांकार बुद्ध थापा हुन् ।