नेपाली फिल्मकी चर्चित नायिका तथा निर्मात्री पूजा शर्माले प्रेमी युद्ध बानियाँसँग लगनगाँठो कसेकी छन्। उनीहरुले आफ्नो ६ वर्ष लामो प्रेम सम्बन्धलाई शनिबार वैवाहिक बन्धनमा परिणत गरेका हुन्।

उनीहरूको विवाह समारोह शनिबार भक्तपुरस्थित एक रिसोर्टमा रूपमा सम्पन्न भएको हो। विवाहमा समारोहमा पारिवारिक सदस्य, निकट आफन्त तथा सिने वृत्तका सीमित व्यक्तित्वहरूको उपस्थिति थियो, जहाँ महानायक राजेश हमाल आफ्नी पत्नी मधु हमालका साथ उपस्थित थिए भने अभिनेत्रीहरू निरुता सिंह, रेखा थापा, सृष्टि श्रेष्ठ लगायतका कलाकारहरू थिए।

