Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

द ब्ल्यू लाइट पोस्टर: आशा र निराशाको मार्गमा बेनिशा

फिल्मीखबर, काठमाडौं, 2025/12/05

अभिनेत्री बेनिशा हमालका तीन भाव झल्काउने फिल्म "द ब्ल्यू लाइट"को पोस्टर सार्वजनिक भएको छ । आगामी पुस १० गते रिलिज हुने फिल्मको नयाँ पोस्टरमा बनिशालाई हर्षित र चिन्तित भावमा देख्न सकिन्छ।

 

पाेस्टरमा ठूलो आकृतिमा बेनिशा प्रसन्न मुद्रामा छिन् । उनी आशावादी देखिएकी छन् । अर्काे लुक्समा उनी हातमा चुराेट लिएर अडेेस लाग्दै निराश देखिएकी छन् । हातका पाँचवटै औलामा औंठी छ । एउटै औँलामा दुईटा औंठी पनि देख्न सकिन्छ ।

 

 

अर्को तस्बिरमा उनी अभिनेता महेश त्रिपाठीसँग टेबलमा आमनेसामने देखिन्छिन् । त्यस्तै ग्रिस्मा कटुवाललाई पनि पोस्टरमा देखिन्छ । उनी आँखाभरि आँसु बनाएर रोइरहेकी छन् । पोस्टरमा निलो लाइट छ, यो रंगले चलचित्रको नामको टोन दिने प्रयास गरेको छ । 

 

बलिराम चौहानको निर्देशन रहेको फिल्ममा बेनिशा हमाल, अर्पण थापा, आयुसमान देशराज जोशी, सृष्टि श्रेष्ठ, महेश त्रिपाठी र सुरक्षा इटानी तथा बालकलाकार ग्रिस्मा कटुवाल र सहारा शर्माकाे अभिनय छ।

 

साइकोलोजिकल थ्रिलर जनरामा निर्माण भएको फिल्म स्काइफल पिक्चर्सले निर्माण गरेको हो । रमन ग्रे सहनिर्माता रहेकाे फिल्ममा नरेन्द्र मैनालीकाे छायांकन छ।  आकाश उखेडा मुख्य सहायक निर्देशक रहेको चलचित्रमा रेलिजा श्रेष्ठ प्रोडक्सन डिजाइनर, दिलीप पन्त निर्माण नियन्त्रक छन् ।