Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

मिरमिरे टिजरः आमाविहिन छोरी र दयाहाङको जिम्मेवारी

फिल्मीखबर, काठमाडौं, 2025/12/05

बाबु र छोरीको भावनात्मक सम्बन्धलाई प्रस्तुत गर्दै फिल्म ‘मिरमिरे’को टिजर सार्वजनिक गरिएको छ । यम शेर्पाको लेखन तथा निर्देशन रहेको फिल्मको टिजर शुक्रबार सार्वजनिक गरिएको हो । फिल्म आगामी माघ १ गते रिलिज हुँदैछ ।

 

टिजरमा बाबु दयाहाङ राईले आमाविहिन छोरी साइसा गौचनको लालनपालन र शिक्षाको जिम्मेवारी उठाइरहँदा हुने भावनात्मक सम्बन्धलाई देखाइएको छ । दयाहाङले छोरीको पालनपोषणका लागि स्कुलमा काम गरिरहेको देखाइएको छ ।

 

 

सिर्जना निङलेखु स्कुलकी शिक्षिका हुन् । उनी त्रिकोणात्मक प्रेममा रहेको छनक टिजरले दिएको छ । दयाहाङ राई र प्रकाश सपूतसँग उनी प्रेममा रहेको हो कि भन्ने फिल्मको संवाद र दृश्यबाट अनुमान लगाउन सकिन्छ ।

 

यार्सा फिल्म्सको प्रस्तुति रहेको फिल्ममा दयाहाङ राई, प्रकाश सपूत, सिर्जना निङलेखु, माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा, शाइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ र नमनराज गजुरेलको अभिनय छ ।

 

निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा निर्माता रहेको फिल्मका सह–निर्मातामा गोविन्द बोहरा, सुदिप कुँवर छन् । यो चलचित्रको कार्यकारी निर्मातामा आरआर फिल्मसका सञ्चालक समेत रहेका चलचित्र वितरक रोहित कट्टेल रहेका छन् ।

 

वीरेन्द्र शाही लाइन प्रोड्युसर रहेको यस फिल्ममा सुदिप कुँवर मुख्य सहायक निर्देशक, सञ्जु थलाङ लिम्बु मेकअप र दिलीप पन्त निर्माण नियन्त्रक रहेका छन् । फिल्मको देशभर वितरणको जिम्मेवारी रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्म्सले लिएको छ ।