Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘लोकन्ती’को ट्रेलरमा कमेडी र पारिवारिक कथा

फिल्मीखबर, काठमाडौं, 2025/12/03

Yasraj Garach, Richa Thapa

 

कृशन फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्म ‘लोकन्ती’को ट्रेलर सार्वजनिक गरिएको छ । यही मंसिर २६ गतेबाट प्रदर्शन हुने फिल्मको सार्वजनिक २ मिनेट ३० सेकेन्ड लामो ट्रेलरमा कमेडी र पारिवारिक कथालाई उठान गरिएको छ । 

रञ्जित रानाको निर्देशनमा बनेको फिल्मको कथा काजी लिम्बूले लेखेका हुन् । यसमा एसराज गराच (सुरज), ऋचा थापा, विमला लिम्बू, कुमार न्यौपाने, विकास अधिकारी, दमन रुपाखेती लगायतको अभिनय रहेको छ ।

सन्तोष न्यौपाने निर्माता रहेको फिल्ममा विकास चौधरीको संगीत, रोनिश तामाङ च्याङ्बाको छायांकन तथा गौतमराज खड्काको सम्पादन छ । नेपाली संस्कृतिमा आधारित ‘लोकन्ती’ले दर्शकलाई नयाँ स्वाद दिने अपेक्षा गरिएको छ ।