
प्रभात पाल र स्मारिका ढकालको रोमान्सलाई समेटिएको गीत ‘मेरो प्रियतम’ सार्वजनिक भएको छ । आगामी पुष १० गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘मुगलान’मा समावेश यो गीत सोमबार सार्वजनिक भएको हो ।
गीतमा प्रताप दास र बेनिशा पौडेलको स्वर, सिर्जना लम्सालको शब्द, किरण भुसालको संगीत, रिदम कँडेलको संगीत संयोजन र किशोर थापाको मिक्सिङ तथा मास्टरिङ छ । गीतमा प्रभात र स्मारिकालाई देवेन्द्र कुँवरले नचाएका छन् । यस अघि फिल्मको ‘पिन्टु पियारी’ गीत सार्वजनिक भइसकेको छ ।
रिहान प्रोडक्सनको ब्यानरमा बनेको ‘फिल्ममा श्री शिवांशु, दिनेश डीसी, मोती सुबेदी, रामचन्द्र अधिकारी, खबपु, राजुराज सोनी, रश्मी भट्ट, जीवन गौतम र सबिन बास्तोलाको अभिनय छ ।
आशिष ढकालको लेखन तथा निर्देशनमा निर्माण भएको यो फिल्मका निर्माता गोमन सिंह हुन्। निर्माता सिंहको यो डेब्यु फिल्म निर्माण हो। फिल्मको को–प्रोड्युसरमा रिता चौधरी छिन्।
तारा थापा ‘किम्भे’को सम्पादन,जय बिष्ट र राम गुरुको द्धन्द्ध निर्देशन रहेको यो फिल्ममा बिजिएम रिदम कँडेलको छ। फिल्ममा कोरियोग्राफर देबेन्द्र कुँवरको छ भने डिओपी अजय रेग्मीको छ।
फिल्मको वितरण आर आर फिल्मस्ले गर्दैछ। यस गीतलाई युना इन्टरटेन्टमेन्ट युटुब च्यानलमार्फत हेर्न सकिने छ।

