Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

म्याग्दीबाट सुरु भयो ‘रोल न. १’को छायांकन

फिल्मीखबर, काठमाडौं, 2025/12/01

roll no 1

 

कीर्तिमानी फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को निर्माण समूहको नयाँ फिल्म ‘रोल नंं. १’को छायांकन सुरु गरिएको छ । दुई हप्ता लामो वर्कसपपछि सोमबार म्याग्दीबाट फिल्मको छायांकन थालिएको हो । डेढ महिना छायांकन हुने यस फिल्ममा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी, सिर्जना अधिकारी, शुन्दर धिताल र निर्भिक रेग्मीको अभिनय रहनेछ ।

जोन योञ्जनको निर्देशन रहने फिल्ममा उनी स्वयंको कथा छ । निर्माता विनोद पौडेलले फिल्म भ्रम र कथित सामाजिक प्रतिष्ठाका नाममा विद्यार्थीले झेल्नुपर्ने मनोवैज्ञानिक दबाबमा आधारित हुने बताए । उनका अनुसार फिल्मले सबैलाई जित्नै पर्ने, नजिते इज्जत नै हुँदैन र कक्षाको प्रथम अथवा फर्स्ट नै विद्वान हो, अरु मुर्ख हुन् भन्ने कथा उठाउनेछ ।

महेश दवाडीको पटकथा तथा संवाद रहेको फिल्ममा प्रशान्त शिवाकोटीको संगीत हुनेछ । सेभेन सिज सिनेमाको प्रस्तुति निर्माण हुने फिल्मको निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् । रमेश चौलागाईं कार्यकारी निर्मातामा रहेका छन् । यसमा शिवराम श्रेष्ठको डीओपी तथा मदन घिमिरेको सम्पादन रहनेछ ।