Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘डल्लेले इन्ट्री मार्‍यो’को पोस्टरमा तनाव भावमा सागर

फिल्मीखबर, काठमाडौं, 2025/12/01

dalle le entry maryo

 

राजु गिरीको निर्देशनमा तयार भएको फिल्म ‘डल्लेले इन्ट्री मार्‍यो’ आगामी चैत २७ गतेदेखि प्रदर्शनमा आउने भएको छ। सोमबार निर्माण पक्षले फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो । पोस्टरमा कलाकार सागर लम्साल ‘बले’लाई सोलो रूपमा प्रस्तुत गरिएको छ, जहाँ उनलाई तनावयुक्त मुद्रामा देखाइएको छ ।

पोस्टरमा चुरोट सेवन गरिरहेका सागर मदहोस भावमा देखिन्छन् । निर्देशकले युवापुस्तामा बढ्दो कुलतप्रति केही सन्देश दिन खोजेको पोस्टरबाट अनुमान गर्न सकिन्छ । ‘डल्लेले इन्ट्री मार्‍यो’ सागरले ३५ लाख पारिश्रमिक लिएर काम गरेको फिल्म हो । यसमा उनको जोडी रोशनी खड्कासँग बाँधिएको छ ।

लक्ष्मण सुवेदीको पटकथा तथा संवाद रहेको फिल्ममा सागर र रोशनीसहित रमेश बुढाथोकी, हेमन्त बुढाथोकी, रविन्द्र झा, कैलास रावत, बिशाल पहाडी, ध्रुव कोइराला, साबित्रा चिलुवाल, आशा पौडेल, लक्ष्मीनाथ तिमल्सिना, ओसिन भट्टराई, सुचेन्द्र परियार, रामहरि खड्का, रमेश अधिकारी, माधव खनाल लगायतको अभिनय छ । निर्देशक गिरी स्वयंले पनि अभिनय गरेका छन् । 

श्याम तामाङको छायांकन रहेको फिल्ममा उमेश कुमार बस्नेतको कथा छ । फिल्मका निर्माताहरू सावित्री चिलुवाल, आशिक बस्नेत, आदर्श बस्नेत, निर्मला बस्नेत, सरिता पुरी गिरी हुन् । उषा फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्मको वितरण नेशनल सिने ग्रुपले गर्नेछ ।