Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘लोकन्ती’को ‘लाजै नमानी’ गीतमा कुमार र विमलाको छमछमी

फिल्मीखबर, काठमाडौं, 2025/12/01

Kumar Neupane, Bimala Limbu

 

यही मंसिर २६ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘लोकन्ती’को गीत ‘लाजै नमानी’ सार्वजनिक गरिएको छ । लोक लयमा आधारित यस गीतमा मेलिना राई र नारायण थापाको स्वर, शंकर अधिकारी घायलको शब्द तथा विकास चौधरीको संगीत छ । 

गीतको भिडियोमा फिल्मका मुख्य कलाकार कुमार न्यौपाने र विमला लिम्बूलाई प्रस्तुत गरिएको छ । भिडियोका कोरियोग्राफर कमल राई हुन् । 

रञ्जित रानाको निर्देशनमा बनेको फिल्ममा कुमार र विमलासहित एसराज गराज, ऋचा थापा, विकाश अधिकारी, दमन रुपाखेती, गोविन्द प्रभात लगायतको अभिनय रहेको छ । काजी लिम्बूको कथा रहेको फिल्मले पारिवारिक प्रेमकथाभित्र लुकेका सामाजिक संवेदनाहरू उजागर गर्ने जनाइएको छ ।

फिल्मका निर्माता सन्तोष न्यौपाने हुन् । यसमा विकास चौधरीको संगीत, रोनिश तामाङको छायांकन, गौतम राज खड्काको सम्पादन, तथा राज किराँतको द्वन्द्व निर्देशन रहेको छ ।