Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘झरी पछिको इन्द्रेणी’को पोस्टर: एकै ठाउँमा पुरानोदेखि नयाँ पुस्ता

फिल्मीखबर, काठमाडौं, 2025/11/30

ad3

 

अभिनेता गणेश उप्रेतीको कमब्याक र हास्य कलाकार अर्जुन घिमिरे (पाँडे)को डेब्यु निर्देशन रहेको फिल्म ‘झरी पछिको इन्द्रेणी’को पोस्टर सार्वजनिक गरिएको छ । आइतबार सार्वजनिक पोस्टरमा कलाकारको हुल देख्न सकिन्छ । पुरानो पुस्ताका गणेशदेखि नयाँ पुस्ताकी प्रियना आचार्य (मुन्नी)सम्मलाई पोस्टरमा समेटिएको छ ।

नागराज इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यस फिल्ममा गणेश र प्रियनासहित रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, सरिता गिरी, देशभक्त खनाल, निर्मल शर्मा, कृष्ण शिवाकोटी, कृष्णभक्त महर्जन, अर्जुन घिमिरे (पाँडे), अंशु महर्जन, राजेन्द्र नेपाली, लक्षणा राई लगायतको अभिनय रहेको छ ।

यही फिल्मबाट कलाकार विमोचन दवाडी र जेसिका पोखरेलले डेब्यू गरेका छन् । बाल कलाकारमा दिप्सन चिलवाल छन् । फिल्मको शीर्ष गीतमा मोडल अञ्जली अधिकारी र कोरियोग्राफर प्रदीप लामाले नृत्य गरेका छन् । 

फिल्ममा निर्देशक घिमिरे स्वयंको कथा, गणेश कार्की र विशाल घिमिरेको पटकथा तथा संवाद र बुद्ध थापाको छायांकन छ । अनिशा सेन्दाङ लिम्बू निर्माता रहेको फिल्ममा अनु थापा, पंकज खड्का, सिर्जना खड्का, सुवास शर्मा र राम कार्की सह-निर्मातामा छन् । यो फिल्म पौष ४ गतेबाट प्रदर्शनमा आउँदैछ ।