Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

महेश बाबूले छाडेका फिल्म : ‘गजनी’देखि ‘कथ्थी’सम्म

फिल्मीखबर, काठमाडौं, 2025/11/29

mahesh babu

 

तेलुगू सुपरस्टार महेश बाबूलाई बक्स अफिसको ‘हिट मेशिन’ भन्ने गरिन्छ । कारण- उनले अभिनय गरेका प्रायः फिल्म व्यावसायिक रूपमा सफल छन् । तेलुगू फिल्ममा मात्रै काम गरे पनि उनको लोकप्रियता हिन्दी भाषी क्षेत्रमा पनि असाधारण देखिन्छ । यही कारण उनका प्रायः फिल्म हिन्दीमा डब गरिएका छन् । केही फिल्मको हिन्दी रिमेक समेत बनेका छन् ।

३० बढी फिल्ममा काम गरिसकेका उनले आफ्नो करिअरमा केही यस्ता फिल्म पनि छाडेका छन्, जुन पछि ब्लकबस्टर भए । साउथको सुपरहिट फिल्म ‘गजनी’ सुरुमा उनलाई अफर गरिएको थियो । तर, उनले काम गर्न इन्कार गरेपछि निर्माताले अभिनेता सूर्यालाई अनुबन्ध गरे । यो फिल्मको हिन्दी रिमेक समेत ब्लकबस्टर भएको थियो, जसमा आमिर खानले अभिनय गरेका थिए ।

सामन्था अक्किनेनी र नागा चैतन्य स्टारर फिल्म ‘ये माया चेस्वा’मा पनि अभिनयको प्रस्ताव पहिला महेश बाबूलाई गरिएको थियो । तर, उनको समय नमिल्दा फिल्ममा नागा भित्रिए । प्रभास अभिनीत सुपरहिट फिल्म ‘वर्षम’का लागि पनि महेश पहिलो रोजाइ थिए । तर, उनले कथा मन नपरेको भन्दै काम गर्न अस्वीकार गरे । यही फिल्मले प्रभासको स्टारडम उचाइँमा पुर्‍यायो ।

थलापथी विजय अभिनीत फिल्म ‘कथ्थी’का लागि पनि पहिलो रोजाइ महेश थिए । तर, उनले यसमा काम गर्न रुचि देखाएनन् । सूर्या स्टारर फिल्म ‘२४’ पनि सबैभन्दा पहिला उनलाई नै अफर गरिएको थियो । तर, उनले स्क्रिप्ट चित्त नबुझेपछि काम गरेनन् । फिल्म ‘रुद्रामादेवी’मा अल्लू अर्जुनले निभाएको भूमिकामा पनि उनले काम गर्न अस्वीकार गरेका थिए । 

उनलाई अफर भएको अर्को फिल्म ‘मानासांथा नुवे’ पनि हो । यो फिल्म उनले त्यो समयमा छाडेका थिए, जतिबेला उनी करिअरको सुरुवाती दिनमा थिए । उनले काम गर्न अस्वीकार गरेपछि फिल्ममा उदय किरणको प्रवेश भएको थियो । ‘पुष्पा’, ‘एनिमल’, ‘अ आ’, ‘फिदा’, ‘इडियट’, ‘रावायण’, ‘लिडर’ जस्ता फिल्म पनि उनले अस्वीकार गरेको बताइन्छ ।