Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘काजी’ चैत २७ मा प्रदर्शन हुने, फर्स्टलुकमा यस्ता देखिए विपिन

फिल्मीखबर, काठमाडौं, 2025/11/28

movie kaji

 

लक्ष्मण रिजालको निर्देशनमा बनेको फिल्म ‘काजी’ नयाँ वर्ष २०८३ सालको छेकोमा प्रदर्शन हुने भएको छ । शुक्रबार निर्माण पक्षले फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै आगामी चैत २७ गतेलाई फिल्मको प्रदर्शन मिति तय गरेको हो । यही मितिमा अन्य दुई फिल्म ‘राम नाम सत्य’ र ‘मितज्यू’ पनि प्रदर्शन हुँदैछन्, जसमा स्थापित कलाकारहरू छन् ।

‘काजी’को पोस्टरमा अभिनेता विपिन कार्की र अभिनेत्री केकी अधिकारीलाई प्रस्तुत गरिएको छ । विपिन चिटिक्क पारेर कोरेको कपाल र जुँगामा देखिएका छन् । उनको अनुहारमा गम्भीर भाव देखिन्छ । अर्को दृश्यमा विपिन भान्सामा केकीलाई प्रेमिल नजरले हेरिरहेका छन् भने केकी लजाएकी देखिन्छन् । पोस्टरले फिल्म पारिवारिक प्रेमकथामा आधारित रहेको संकेत गर्छ ।

यसमा विपिन र केकीसँगै गरिमा शर्मा, प्रकाश घिमिरे, हेमन्त बुढाथोकी, विशाल पहारी, विनोद न्यौपाने, रश्मी भट्ट, हिउवाला गौतम, सन्दिपबाबु लोहनी, रोजी श्रेष्ठ, गंगा शर्मा, नवराज गिरि, बुद्धी सागर खनाल, प्रशंसा सुवेदी, बाल कलाकार दिक्षिता अर्याल लगायतको पनि अभिनय रहेको छ । राम प्रसाद रिजाल फिल्मका प्रस्तुतकर्ता हुन् ।

रिजाल एन्ड रिजाल फिल्म्सको ब्यानरमा निर्माण भएको यस फिल्ममा प्रदीप भारद्वाजको लेखन, चिन्तन राजभण्डारीको छायांकन, विपिन मल्लको सम्पादन, कालिप्रसाद बास्कोटाको संगीत, सुजिल कर्माचार्यको ब्याकग्राउन्ड स्कोर तथा कविराज गहतराजको कोरियोग्राफी रहेको छ । यसमा असिम काफ्ले कार्यकारी निर्माता तथा नेहाज रिजाल र विकासराज जोशी निर्मातामा छन् ।