Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘परान’को दबदबाबीच प्रदर्शनमा आयो ‘हर्ष’

फिल्मीखबर, काठमाडौं, 2025/11/28

Barsha Raut, Khagendra Lamichhane

 

विगत पाँच सातादेखि घरेलु बक्स अफिसमा फिल्म ‘परान’ले एकछत्र दबदबा कायम गरेको छ । ‘वर्ड अफ माउथ’को प्रभावले प्रदर्शनको पाँचौं दिनबाट व्यापारिक रफ्तार समातेको फिल्मले अहिलेसम्म १५ करोडको आँकडा पार गरिसकेको छ । फिल्मप्रति दर्शकको आकर्षण अझै घटेको छैन । यसको ‘सुनामी’ व्यापारको अगाडि ठूला मानिएका फिल्महरू समेत निरीह देखिएका छन् ।

यतिबेला ‘परान’ हरेक नयाँ फिल्मका लागि ठूलो चुनौती बनिरहँदा शुक्रबारबाट फिल्म ‘हर्ष’ले बक्स अफिस प्रतिस्पर्धामा उत्रिने आँट गरेको छ । यी दुई फिल्मबीच एउटा समानता देखिन्छ- दुवै पारिवारिक कथामा आधारित छन् भने सम्बन्धको कथा केन्द्रमा राखिएको छ । बुधबार काठमाडौंमा भएको प्रिमियरमा धेरैले ‘परान’जस्तै ‘हर्ष’ पनि मनछुने फिल्म रहेको बताएका थिए । 

देशव्यापी एक सय हाराहारी शो पाएको ‘हर्ष’लाई स्वर्गीय निर्देशक शिव रेग्मीकी भान्जी एकता पौडेलले निर्देशन गरेकी हुन् । उनले मामाकै शैली झल्किने गरी फिल्म बनाएकी छन् । यसमा खगेन्द्र लामिछाने, वर्षा राउत, नीर शाह, सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङ, बाल कलाकार साइमन वादी लगायतको अभिनय रहेको छ ।

निर्देशक पौडेल स्वयंको लेखन रहेको फिल्मका गीतमा समीर-हिमाल, वसन्त सापकोटा तथा एलिश कार्कीले संगीत दिएका छन् भने कोरियोग्राफी सुनिल क्षेत्री र निर्देशक पौडेल स्वयंको छ । अष्टलक्ष्मी प्रोडक्सन्स् र ई-प्राईम मुभिजको संयुक्त ब्यानरमा निर्माण भएको फिल्ममा वंश (उत्तराधिकारी)को विषयलाई मुख्य कथावस्तुको रूपमा प्रस्तुत गरिएको छ ।