Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

साम्राज्ञीका हुनेवाला श्रीमानका छन् २ वर्षका छोरा !

फिल्मीखबर, काठमाडौं, 2025/11/25

bishal kharel

 

अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले मंसिर २ गते आफ्नो जन्मदिनको अवसरमा प्रशंसकहरूलाई ठूलो सरप्राइज दिइन् । उनले इन्गेजमेन्टका तस्वीरहरू सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी थिइन् । तर, त्यसबेला उनले हुनेवाला श्रीमानको नाम भने खुलाइनन् । तस्वीरमा अनुहार पनि आधा मात्र देखिएको  थियो । उनले क्याप्सनमा ह्यासट्याग ‘एस एन्ड बी’ उल्लेख गरेकी थिइन् ।

साम्राज्ञीले इन्गेजमेन्टका तस्वीर सार्वजनिक गरेको केही घन्टामा नै सञ्चारमाध्यमले उनका हुनेवाला श्रीमानको पहिचान खुलाइदिए । उनले अभिनेता विशाल खरेलसँग इन्गेजमेन्ट गरेकी हुन् । ‘प्रेम दिवस’बाट फिल्ममा डेब्यु गरेका विशालले साम्राज्ञीसँग ‘हारेँ हारेँ’ र ‘मालती’ गीतका भिडियोमा अभिनय समेत गरेका छन् । यिनै गीतमा काम गर्ने क्रममा उनीहरू एकअर्कासँग नजिकिएका थिए ।

साम्राज्ञीसँग इन्गेजमेन्ट गरेपछि विशालको निजी जीवनबारे विभिन्न खबरहरू आइरहेका छन् । उनी पहिल्यै विवाहित रहेको भन्ने तथ्य धेरैका लागि आश्चर्यको विषय बनेको छ । पूर्वपत्नीसँगका उनका तस्वीर र भिडियोहरू यतिबेला टिकटकभरि छाएका छन् । उनका दुई वर्षका एक छोरा समेत छन् । सन् २०२३ मा सुब्बा थरकी उनकी पूर्वपत्नीले अमेरिकामा छोरालाई जन्म दिएकी थिइन् ।

विशालले साम्राज्ञीसँग इन्गेजमेन्ट गरेपछि उनकी पूर्वपत्नीले टिकटक अकाउन्टमा छोरासँगको एक तस्वीर सेअर गर्दै आफूहरूको वैवाहिक सम्बन्ध १५ वर्ष लामो रहेको खुलासा गरेकी छन् । उनले लेखेकी छन्, ‘आफ्नो धोकालाई जायज ठहराउन संसारलाई तिमी हाम्रो सम्बन्ध विषाक्त थियो भन्दै छौ, जुन हाम्रो १५ वर्ष लामो वैवाहिक जीवन र २ वर्षको छोराप्रति निकै अपमानजनक हो ।’

साम्राज्ञी निकट स्रोत अनुसार उनलाई विशालको अघिल्लो वैवाहिक सम्बन्ध र सन्तानबारे पहिल्यै जानकारी थियो । यो विषयमा पारदर्शितापूर्वक छलफल गरेरै उनीहरूले सम्बन्ध अगाडि बढाएको स्रोतको दाबी छ । विशालको पूर्वपत्नीसँग केही महिनाअघि नै सम्बन्ध विच्छेद भइसकेको छ । विगत लामो समयदेखि अमेरिकामा बस्दै आइरहेका उनको त्यहाँ ठूलो व्यवसाय रहेको बताइन्छ ।