Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अष्ट्रेलियामा सार्वजनिक गरियो ‘पीआर’को गीत

फिल्मीखबर, काठमाडौं, 2025/11/23

PR- NEPALI MOVIE

 

शोभित बस्नेतको निर्देशनमा बनेको फिल्म ‘पीआर’को दोस्रो गीत ‘तिमी छौ र त’ सार्वजनिक गरिएको छ । आइतबार अष्ट्रेलियाको अबर्नमा एक कार्यक्रमको आयोजना गर्दै निर्माण पक्षले गीत सार्वजनिक गरेको हो । कार्यक्रममा निर्देशक बस्नेतसहित फिल्मका कलाकारहरू सुरज पौडेल, विनिता कार्की लगायतको उपस्थिति थियो । आइतबार सुरजको जन्मदिन समेत हो ।

प्रेम, समर्पण, र आत्मीयताको भाव व्यक्त गीतमा मानस राजको संगीत तथा सनुप पौडेल र नितु पुनको स्वर रहेको छ । गीतको भिडियोमा सुरज र विनितालाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ । उनीहरूको केमेस्ट्री आकर्षक देखिएको छ । लोकेशन र छायांकनले दृश्यलाई अझ जीवन्त बनाएको छ । भिडियोमा सौरभ लामाको छायांकन र रामजी लामिछानेको कोरियोग्राफी छ ।

गीत रिलिज कार्यक्रममा निर्देशक बस्नेतले फिल्ममा हरेक नेपालीले आफ्नो कथा पाउने दाबी गरे । उनले भने, ‘फिल्ममा दर्शकले रोमान्स, एक्सन, र सामाजिक सन्देशको मिश्रण पाउनेछन् । यो नेपालका युवाको सपना, संघर्ष र आप्रवासनसँग जोडिएको कथा हो, जसले फरक स्वाद प्रदान गर्नेछ भन्नेमा विश्वास लिएको छु ।’ 

मंसिर २६ गतेबाट नेपाल र अष्ट्रेलियामा एकसाथ प्रदर्शन हुन लागेको यस फिल्ममा सुरज र विनितासँगै राजन कुँवर, पूजा चौधरी, आश्मा अधिकारी, विमला खत्री, म्याक्स गणेश बुढाथोकी, कृष्ण थापा लगायतको अभिनय रहेको छ । अष्ट्रेलिया निवासी रञ्जित साह र सन्तोष तिवारी प्रस्तुतकर्ता रहेको फिल्ममा लक्ष्मण सापकोटा र प्रदीप दाहाल निर्मातामा छन् ।