Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सलोन र नम्रताको ‘स्त्री’ फागुन २९ मा प्रदर्शन हुने

फिल्मीखबर, काठमाडौं, 2025/11/23

stree movie

 

‘रंगी’ जोडी सलोन बस्नेत र नम्रता श्रेष्ठको मुख्य भूमिका रहेको फिल्म ‘स्त्री’ आगामी फागुन २९ गतेबाट प्रदर्शनमा आउने भएको छ । आइतबार निर्माण पक्षले थिम पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति तय गरेको हो । पोस्टरमा रगत मात्र देखाइएको छ, जसले महिलाको महिनावारी (रजस्वला)सम्बन्धी विषयवस्तुमा फिल्म आधारित रहेको संकेत गर्छ ।

जीवन शाहीको निर्देशनमा बनेको यस फिल्ममा सलोन र नम्रतासहित प्रमोद अग्रहरी, रिस्ता बस्नेत, दिनेश डिसी, दीपाश्री निरौला, दिप्सन चिलवाल बाल कलाकार लगायतको अभिनय रहेको छ । फिल्ममा निर्देशक शाही स्वयंको कथा छ भने पटकथा लेखनमा उनलाई किशन अर्यालले सघाएका छन् । फिल्मका निर्माता समीर राई हुन् ।

मेला रेकर्डिङ स्टुडियोको ब्यानरमा निर्माण भएको फिल्ममा रामशरण उप्रेतीको छायांकन, बाबुल गिरीको संगीत, देव महर्जनको द्वन्द्व निर्देशन तथा सुकनिता चौलागाईंको ड्रेस डिजाइन रहेको छ । सह–निर्मातामा सहदेव बिष्ट, प्रमोद भट्टराई (प्रतीक), रिता श्रेष्ठ र मञ्जु राजबंशी छन् । फिल्मले महिलाका संवेदनशील विषयलाई कथाको केन्द्रमा राखेको जनाइएको छ ।