Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘किन लाग्छ माया’ चैत्र ६ गतेदेखि प्रदर्शनमा आउने

फिल्मीखबर, काठमाडौं, 2025/11/21

kina lagcha maya

 

प्रेमकथामा आधारित फिल्म ‘किन लाग्छ माया’ आगामी चैत ६ गतेबाट प्रदर्शनमा आउने भएको छ । शुक्रबार निर्माण पक्षले फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति तय गरेको हो । पोस्टरमार्फत फिल्मको कथावस्तु र पात्रहरूको अवस्थालाई झल्काउने प्रयास गरिएको छ । प्रेम सम्बन्धमा आउने उतारचढावमा फिल्म केन्द्रित रहेको संकेत पोस्टरले दिन्छ ।

सार्वजनिक पोस्टरमा फिल्मका मुख्य कलाकारहरू सञ्जित भण्डारी, जाहन्वी बस्नेत, सेडो रियल र ऋचा थापालाई देख्न सकिन्छ । सञ्जित र जाहन्वी रोमान्टिक देखिएका छन् भने सेडो र ऋचाको अनुहारमा पीडाको भाव देखिन्छ । फिल्ममा दुई जोडीको प्रेम सम्बन्धलाई केन्द्रविन्दुमा राखेर कथा बुनिएको पोस्टरबाट प्रष्ट हुन्छ ।

कुवेर तामाङको निर्देशन तथा सञ्जित भण्डारी र मोनु खड्काको निर्माणमा तयार भएको यो फिल्ममा धिरेन शाक्य, पवित्रा साकी मिस पबी, हिउबाला गौतम, सविन बास्तोला, रवि डंगोल, गोपाल ढकाल, राजेन्द्र खड्की, गीता अधिकारी, निरोज खुलाल, सम्रान्त थापा, रविन्द्र खड्का, सुनील कटुवाल, रामकाजी घिमिरे लगायतको अभिनय रहेको छ ।

फिल्मको कथा सेडो रियलको अवधारणामा आधारित छ भने पटकथा र संवाद रामकाजी घिमिरेले तयार पारेका हुन् । यसमा राजेन्द्र खड्गीको द्वन्द्व निर्देशन, रामशरण उप्रेतीको छायांकन, पुस्कर सुनुवार र राजेन्द्र बजगाँईको संगीत तथा टेकेन्द्र शाहको सम्पादन छ । फिल्मले दाजु-भाइबीचको मित्रता र विवाहपछि श्रीमान-श्रीमतीबीच विकसित हुने प्रेमलाई देखाउने बताइएको छ ।