Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘लोकन्ती’ मंसिर २६ मा प्रदर्शन हुने

फिल्मीखबर, काठमाडौं, 2025/11/19

lokanti movie

 

अभिनेता यशराज गराज (सुरज)को मुख्य भूमिका रहेको फिल्म ‘लोकन्ती’ मंसिर २६ गतेबाट प्रदर्शनमा आउने भएको छ । बुधबार निर्माण पक्षले फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मिति तय गरेको हो । बक्स अफिसमा यो फिल्मको भिडन्त शोभित बस्नेत निर्देशित फिल्म ‘पीआर’सँग हुनेछ । 

फिल्मको सार्वजनिक दुई पोस्टरमा यशराजसहित कलाकारहरू ऋचा थापा, विमला लिम्बू, कुमार न्यौपाने, दमन रुपाखेती र विकास अधिकारी क्यारेक्टर लुक्समा देखिएका छन् । लिम्बू समुदायको विवाह परम्परामा आधारित भएर फिल्मले प्रेम र द्वन्द्वको कथा प्रस्तुत गरेको पोस्टरले संकेत गर्छ । 

रन्जित रानाको निर्देशनमा बनेको यस फिल्मका निर्माता सन्तोष न्यौपाने हुन् । काभ्रे जिल्लामा छायांकन गरिएको फिल्ममा काजी लिम्बूको कथा, विकास चौधरीको संगीत निर्देशन, रोनिश तामाङ च्याङ्बाको छायांकन, विपिन मल्लको सम्पादन, कमल राईको नृत्य निर्देशन तथा राज किराँतको द्वन्द्व निर्देशन रहेको छ ।